काजु खाँदा हुने लाभदायक फाइदाहरु

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । ड्राइ फुडको राजा मानिने काजु किनेर खाँदा निकै महँगो पर्छ। काजु सामान्य मान्छेले दैनिक रुपमा सेवन गरेर खान सक्दैनन्। तर महँगो भए पनि काजुका फाइदा धेरै छन्।

दैनिक रुपमा दुई वा ३ वटा काजुको सेवन गर्दा पनि यसले स्वास्थ्यमा निकै फाइदा हुन्छ। काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियमलगायत पोषक तत्त्व पाइन्छ। यसले हाम्रो शरीरमा धेरै फाइदा पुर्याउनका साथै हड्डी र दाँत पनि बलियो बनाउन मद्दत गर्छ। यसमा धेरै क्यालोरी पाइने हुनाले दिनमा ५ देखि १० वटा भन्दा बढी खानु हुँदैन।

काजुका फाइदै फाइदा

काजुका फाइदालाई यसरी उल्लेख गर्न सकिन्छ :

दिमाग तेजिलो - काजुले दिमाग तेजिलो बनाउन मद्दत गर्दछ। काजुमा भिटामिन बी प्रचुर मात्रामा पाइन्छ। यसले दिमाग तेजिलो बनाउँछ।

हड्डी र दाँत बलियो - दैनिक काजुको सेवनले हाम्रो शरीरका हाड्डी र दाँतलाई बलियो बनाउन मद्दत गर्छ।

गर्भवतीलाई फाइदा - गर्भवतीको लागि काजु बरदान जस्तै मानिन्छ। यसले सुत्केरी आमा र बच्चा दुवैलाई एकदमै फाइदा पुर्याउछ।

आँखा तेजिलो - काजुमा पाइने जीथाई रसायनले आँखालाई स्वस्थ र तेजिलो बनाउने गर्छ।

छालामा चमकता ल्याउछ - काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ। त्यसले काजु खाँदा अनुहार चम्किलो हुन्छ। काजुलाई दूधमा मिसाएर लेप बनाएर लगाउने र अनुहारमा मसाज गर्नाले पनि अनुहार अझ बढी चम्किलो र सुन्दर देखिन्छ।

सेक्स क्षमतामा वृद्धि - नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ। साथै काजुको सेवनले कब्जियतबाट पनि छुटकारा दिन्छ।

थकान मेटाउछ - काजु जुनसुकै उमेरका मानिसले खाँदा पनि कुनै असर पुग्दैन। यसको सेवनले थकान मेटाउन सहयोग पुर्याउँछ।

उच्च रक्तचाप नियन्त्रण - काजुमा सोडियमको मात्रा पाइने हुनाले उच्चरक्तचाप भएका ब्यक्तिले खाँदा अधिक लाभ मिल्छ।

साथै काजुले कुनै साइड इफेक्ट गर्दैन। यो जुनै उमेर समूहले खाँदा पनि निकै लाभदायक छ। काजुले मुटु बलियो बनाउनुको साथै डर लाग्ने जस्ता रोगको पनि नियन्त्रण हुन्छ। काजुको सेवनले कपाल चमकदार बनाउन मद्दत पुर्याउछ। यसले कोलेस्टेरोल घटाउन समेत सहयोग पुर्याउँछ।


काठमाडौं

सोमवार, असार २३, २०८२

२१.९°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन