काठमाडौं । झमक कुमारी घिमिरे जन्म सन् १९८०, कचिडे, धनकुटा भएको हो I उनी प्रतिभाशाली नेपाली महिला स्रष्टा हुन। मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान् साहित्यकार मध्ये एक हुन। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन।
खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छिन। औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्। उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो। कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन्। झमकले प्रबल गोरखा दक्षिण बाहु, चौथोलगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन्।
२०३७ असार २१ शुक्रबार धनकुटाको कचिडेमा बुबा कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेको छोरीको रूपमा जन्मिएकी झमकको बाल्यकाल अत्यन्तै कष्टकर थियो। लुला हात गोडा र विकलांग शरीर लिएर ‘कति छाक भोकभोकै बस्ने परिवार’मा जन्मेकी झमकलाई जन्मने वित्तिकै स्वजनले ‘मुर्कुट्टा’ भने। दशैँमा टीका लाएर उनलाई ‘चाँडै मरेस्’ भत्रे आसिक दिए। उनले कुनै पाठशाला र गुरुबाट सिक्न पाइनन्। सिक्न खोज्दा ‘तैले सिकेर के गर्छेस् ?’ भने। गोडाको बुढी औँलाले छर्छरी रगत निकाल्दै भुईमा कपुरी क लेख्दा भुँई भत्काई भनेर गाली गरे। गोलले लेख्दा ‘रिन लाग्छ’ भनेर गाली खाइन्। अरू बालकहरू पढेनन् भने कुटाई खान्छन्। उनी पढी भनेर कुटाई खान्थिन्।
कापीकलम माग्दा कुटाई खाइन्। उनको ‘कैलेकाहीँ ओठमा उम्रिएको हाँसो पनि ‘धेरै नहाँस्’ भत्रे आदेशमा विलाउँथ्यो। जोखाना हेर्नेले सन्तान पिर्छे भने। मान्छेले उनलाई अलच्छिनि भनेर बाटो छले। पाँच वर्षको हुँदा भात खुवाइ दिने बजू मरेपछि गोडाका औँलाले मुछेर भात खान थालिन्। आफैले विस्टा पुछ्ने प्रयत्नमा विस्टामा लटपटिन्थिन्। भोकै, प्यासै, नांगै, अधिकांश एकाकीपनमा हुर्की सकेपछि नौ–दश वर्षको हुँदा घर बनाउन आएका सिकर्मी डकर्मीबाट फाटेको लुगाबाट देखिने गुप्तांगमा ताकेर ढुंगाका मसिना गिर्खाले हानिमागेर र कुरी कुरी भनेर गरेको यौन शोषण सहने जस्ता अनेक आपद विपत सँहदै उनी हुर्किन्।
सङ्कल्प”, “सम्झना”, “बाछिताहरु”,”मान्छेभित्रको योद्धा”, “जिवन काडा की फूल” जस्ता उनका ११ पुस्तक प्रकासित भैसकेका छन्। जस मध्ये आत्मपरक निबन्ध संग्रह “जिवन काडा की फूल” मा उनले आफ्नो भोगाइ, आफ्नो बाल्यकालमा स्वाध्ययन गर्दा पार गरेको कठनिाइहरू व्यक्त गरेकी छिन्। उनले यहि कृति मार्फत दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसकेकी छिन्, जस मध्ये प्रबल गोर्खा दक्षिन बाहु चौथा र मदन पुरस्कार पनि पर्दछन्। मदन पुरस्कार पाऊने घिमिरे पारिजात पछि दोस्रो महिला हुन्। कान्तिपुर र ब्लास्त टाईम्स पत्रिकामा उनको नियमित स्तम्भहरू छापिनेगरेका छन्।
उनको संघर्स, सिक्ने र गर्ने क्षमता प्रतेक मान्छेको लागि प्रेरनिय छ भने उनले जीवन र समाजलाई नयाँ उचाइमा उठएको यो अवस्तालाई नेपालको अपाङ्गता भएको व्यक्तिलाई प्रेरना र शारीरिक रुपमा सक्षम भएकोमा गर्व मात्र गर्नेलाई चुनौती जस्तै भएको छ।