fbpx

नेपालमा चुराको अन्तरकथा

author

समाचारपाटी

९ महिना अगाडि

कमल बयेली । नारीले बिहेमा चुरा पहिरेपछि उसको पति बाँचुन्जेल हातमा चुरा टुटाउनुहुन्न भन्ने प्रचलन समाजमा व्याप्त छ । त्यसैले सामान्य चुराले त प्रायः नेपाली महिलाहरूको हात छाड्दैन नै । तर हरेक वर्षको साउन महिना चुरा विशेष भएर जान्छ । शास्त्रीय जरो भेट्न नसके पनि मानिसहरूले अनेक तर्क बनाएर अनुकूल अर्थ निकाल्ने गरेका छन् । प्रसंगवश चुराको जरा खोतल्न मन लाग्यो । लाउनु राम्रो, जानेर लाउनु झन् राम्रो । अब जान्नतिर लागौं ।


चुराको जन्म
प्रयोग र यसप्रतिको लगावको कोणबाट हेर्दा यस्तो लाग्छ मानूँ चुरा नेपाल वा भारतको रैथाने हो अथवा यो कुनै अमूक धर्मसँग जोडिएको छ । इतिहास खोतल्दाचाहिँ यस्तो नदेखिने रहेछ । चुराको सुरुवात त इजिप्टबाट पो भएको रहेछ । मध्यकालमा आएर बल्ल हिन्दु संस्कृतिको विकाससँगै चुराले सांस्कृतिक स्थान लिन थालेको रहेछ । हरियो चुरासँगै मेहेन्दीले पनि यहाँ जरा गाडिसकेको छ । गाउँघरको तिउरी बिचरा झारसरह भयो । इजिप्टबाट १६ औं शताब्दीमा मात्र यो भारतमा आइपुगेको मेहेन्दीको भाउ बढेको बढ्यै छ ।

भारत र नेपालमा चुरा
प्रायः दक्षिण एसियाका महिलाले लगाउने चुरा भारतमा मौर्यकालमा प्रचलनमा आएको रहेछ । नेपालमा चाहिँ मुसलमानहरूको प्रवेशसँगै चुराले स्थान पाएको इतिहास छ । नेपालमा चुराको प्रचलनको इतिहास राजा पृथ्वीनारायण शाहसँग पनि जोडिएको रहेछ । त्यसको प्रसङ्ग यस्तो छ– गोरखकालीका भक्त राजा पृथ्वीनारायण शाहलाई एक दिन गोरखकालीले सपनामा मलाई पूजा गर्दा चुरा र धागो चढाउनुपर्दछ भनी पृथ्वीनारायणलाई भनिन् रे ! त्यसपछि पृथ्वीनारायण शाहले आफ्नो ससुराली भारतको बनारस गएको बेला चुरा र धागोको व्यापार गर्ने मुस्लिम समुदायका चार घरका मानिसहरू ल्याएर गोरखा बजार नजिक ताप्ले भन्ने गाउँमा बस्ती बसाली चुरा र धागो उपलब्ध गराए रे ! तत्कालीन गोरखा राज्यमा पृथ्वीनारायण शाहको पालापछि मात्र चुराको प्रचलन सुरु भएको सङ्केत यसले गर्दछ ।

नेपालमा मुसलमान
मानवशास्त्री प्रा. डोरबहादुर विष्टले “सबै जातको फूलबारी” पुस्तकमा नेपाली मुसलमानका सबैभन्दा पहिला पुर्खा पन्ध्रौं शताब्दीको अन्त्यतिर तथा सोह्राैँ शताब्दीको सुरुतिर लद्दाखको बाटो तिब्बत पसेर आएका कश्मिरी मुसलमान थिए भनी लेखेका छन् । कमलमणि दीक्षितले पनि (मजलिस घरबाट—१३, २९ भदौ —४ असोज, २०७१, हिमाल खबर) यस्तै कुरा लेखेका छन् । यसका लागि उनले वंशावलीलाई आधार मानेका छन् । दीक्षितले बाइसी चौबीसी राज्यहरूमा मुसलमान इतिहासबारे पनि प्रकाश पारेका छन् । उनका अनुसार सत्रौं शताब्दीको अन्त्यतिर पश्चिमका बाइसी चौबीसी रजौटाहरूले पनि आफ्ना राज्यमा बन्दूकहरू बनाउने काम गराउन भारततिरबाट केही मुसलमान तोप्चीहरू बोलाएर राखेका थिए । त्यसबाहेक नेपाली आइमाईका सौभाग्य वस्तु, चुरापोते बनाउने कालिगड या त्यस्ताको व्यापार गर्नेहरूसमेत त्यतैबाट पहाडहुँदो भित्रिए भन्ने पनि थाहा हुन्छ भनी उनले लेखेका छन् ।

हरिया चुरा
सामान्य चुरा त छँदै छ, पछिल्लो समय हरिया चुराले नेपाली महिलाहरूका हात ढाक्न थालेका छन् । धार्मिक र सांस्कृतिक क्षेत्रका सरोकारवालाहरूले भने साउनमा हरिया चुरा लगाउने प्रचलन नेपालको संस्कृति नभई विदेशबाट व्यापारिकरूपमा नेपाल भित्रिएको बताएका छन् । उनीहरूका अनुसार यहाँको संस्कृति र कुनै पनि धार्मिक ग्रन्थहरूमा हरियो चुरा श्रावण महिनामा लगाउनुपर्छ भनेर लेखिएको छैन । वैदिक धर्मशास्त्रका ज्ञाता लेखक÷पत्रकार कमल रिजालले ‘पुरुष सत्तामा नारी स्वतन्त्रता’ शीर्षक लेखमा लेखेका छन्, “वैदिक संस्कृतिका आधार ग्रन्थ भनेका वेद, उपनिषद्, ब्राह्मण र आरण्यक ग्रन्थ तथा षड् वेदाङ्ग एवं तिनका शाखा प्रशाखाहरू कतै पनि टीका, पोते, चुरा, धागो, सिन्दूर आदिलाई नारी सौन्दर्य भनिएको छैन, मानिएको छैन ।” संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार साउनमा हरियो र पहेँलो रङको चुरा र मेहेन्दी लाउने चलन भारतको राजस्थानबाट भित्रिएको हो । अब यसो भन्न सकियो— धर्मशास्त्रमा नलेखिएको भए पनि पछि आएर भारतमा संस्कृति बनिसकेपछि यसले पहाडतिर मुन्टो उठाएको हो ।
विज्ञानको जलप
महिलाहरूले सिन्दूर, मङ्गलसूत्र, चुरा, औठी र पाउजु लगाउनुका वैज्ञानिक कारण पनि देखाउने गरिन्छ । काँचको चुरामा हुने सात्विक अंशले गर्दा चुरा आपसमा टकराएपछि पैदा हुने अवाजले नकारात्मक ऊर्जालाई टाढा भगाउँछ भनिन्छ । यो तर्क केवल स्वैरकल्पना जस्तो मात्र लाग्दछ । महिलाहरूको बढ्दो उमेरसँगै हड्डी कमजोर हुँदै जान्छ, चुराले हड्डीलाई
मजबुत बनाउँछ भन्ने अर्को तर्क छ । त्यसो हो भने त उमेर बढेसँगै चुराको सङ्ख्या र प्रयोग पनि बढाउनुपर्ने भयो । चुराको छिनछिन आवाजले हाम्रा नजिक भएका कीरा फट्याङ्ग्रा, सर्प लगायतका साना जीवहरू हामीदेखि टाढा भाग्छन् र हामीलाई हानि पुर्याउँदैनन् भन्ने धारणा पनि छ । त्यसो भए त तराई क्षेत्रमा महिलाहरू चुरा लगाएकै कारण सर्पदंशबाट सुरक्षित हुनुपर्ने । उल्लिखित तर्कहरू केवल तर्कका लागि तर्क मात्र हुन् भन्न जोकोहीले सक्छ । हाम्रा चेलीका कति पुस्ताले चुरा लगाए तर के फाइदा भयो त ? चुरा लाइएन भनेचाहिँ के फरक पर्छ त ?


चुरा एक हतकडी !
चुरा, पाउजू र नत्थीलाई दासताको प्रतीकसँग पनि तुलना गरिने रहेछ । चुराले हतकडी र पाउजूले नेलको सङ्केत गरेको थाहा पाउँदा मन चस्स भयो । साहित्यकार मोदनाथ प्रश्रितले देवासुर सङ्ग्राम (माइलस्टोन प्रकाशन, आठौं संस्करण, २०७१, पृ. ८५) मा लेखेका छन् – नारीको हातमा लागे चुराका हतकडीहरू गलफन्दी–मुगा–पोते खुट्टामा नेल कल्लिका दाउने गोरुका जस्तै नाक औ कान छेडिए परे बन्धनमा नारी बुलाकी–मुन्द्रि झुन्डिए । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखिका सिमोन द बोउवारले पनि आफ्नो चर्चित पुस्तक ‘द सेकेन्ड सेक्स’मा श्रृंगारले नारीलाई झन् भारी बोकाएको उल्लेख गरेकी छन् । उनले चुरा नै भनेर उल्लेख नगरे पनि श्रृंगार सामग्रीहरूलाई महिलाहरूका निम्ति हतकडी र नेल सरह भएको बताएकी छन् ।

आर्थिक भार
नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी सबै भारत तथा तेस्रो मुलुकबाट आयातित वस्तुहरू हुन् । यिनै वस्तुहरू पछिल्लो समयमा यहाँ अत्यधिक प्रयोग हुँदै आएका छन् । भन्सार विभागका अनुसार गएको आर्थिक वर्षमा मात्र साढे तीन अरब रुपैयाँ भन्दा बढीको चुरा, पोते र मेहेन्दीलगायत श्रृङ्गारका सामग्री नेपाल भित्रिएको देखिन्छ ।

सार
माथि हामीले खासगरी चुराको ऐतिहासिक र धार्मिक पृष्ठभूमिसहित संक्षिप्त अध्ययन गर्ने जमर्को गर्यौं । यस जमर्कोबाट हामी एउटा निष्कर्षमा पुग्न सक्छौं— चुराको प्रचलन अन्यत्रैबाट सुरु भएको रहेछ । चुरा, पोते नेपालमा मुसलमानहरूको आगमनसँगै भएको रहेछ । चुरा, पोते, मेहेन्दी लगायत गहना र श्रृङ्गारका प्रसाधनहरू सबका सब भारतमा बन्दा रहेछन् र उतैबाट आयात गरिने रहेछ । यसबाट देशलाई हुने आर्थिक नोक्सानी कति हुन्छ भन्ने त थाहा भइहाल्यो ।

अब रह्यो कुरा प्रयोग गर्नु कति ठिक भन्ने । व्यावहारिक र वैज्ञानिक भए जुन कुरा जहाँको भए पनि असलै हुन्छ । राम्रो कुरालाई हाम्रो बनाउन सक्नु महानता हो तर देखासिकी र आडम्बरको रूप लियो भने त्यसले अन्ततः देशलाई हानि गर्दछ । हुन सक्छ भने यहाँ प्रयोग गरिने सामग्री यहीँ उत्पादन गरौं, होइन भने कम प्रयोग गरौं । व्यावहारिक छैन भने प्रयोग नगरे पनि हुन्छ । अब यसो भनौं— आफ्ना राम्रा कुरा निर्यात गरौं, अरूका राम्रा कुरा आयात गरौं । तब न संसार सुन्दर बन्छ, तब न संसार सदाबहार हुन्छ ।


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा