गण्डकी बहुप्राविधिक शिक्षालय ,पोखराले संचालन गरेका तिन महिने तालिम समूह मध्ये १० र ११ को, ६५ दिने सिपमुलक तालिमको आइतबार एक कार्यक्रमका वीच समापन गरिएको छ । पोखरा उद्योग बाणिज्य संघको हलमा आयोजित समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाको उपप्रमुख मंजु देवी गुरुङले हातमा सिप भएकाहरु बेरोजगार बस्नु नपर्ने बताउनु भएको छ । हामीले सिप सिकाउने र रोजगार बनाउने अभियानलाई प्राथमिकता दिएका छौँ । पहिले तपाइले सिप सिक्नुस अनि कम्तिमा १० जनालाइ रोजगार दिन सक्ने गरि उद्योग संचालन गर्नुस सस्तो ब्याजदरमा [...]