आमाका अन्तर मनका कठोर प्रश्नहरु

author

मिना थापा

२ years अगाडि

मिना थापा । आफूलाई जन्मदिने स्त्रीलाई आमा भनिन्छ । कोहि कोहि मानिसहरु आमाको माया,मोह,स्नेह,स्याहार सुसारबाट बञ्चित भएतापनि “आमा” भन्ने शब्दबाट परिचित नै छन् ।

एउटी स्त्री आफनो माइती घरबाट सबै कुराहरुलाई छाडेर विवाह भएर जब आफ्नो पतिको घरमा आउँछिन् । त्यो समय देखी नै उनको बैवाहिक जिवनको शुरुवात हुन्छ । संगसंगै नयाँ परिचय पनि उनले पाउँछिन् । हिजो सम्म कसैको छोरी बहिनी थिइन् भने आज आएर कसैको श्रीमति, कसैको बुहारी, कसैको माइजु कसैको भाउजु भन्दै बिभिन्न नामहरु उनिसंग जोडिन्छ र त्यसमा सबै भन्दा प्यारो नाम स्त्रीको लागि आमा नै हुन्छ ।

जब आमा हुनको लागि महिलाको गर्भमा शिशुको भ्रुण बनेको कुरा थाहा हुन्छ नी त्यसले आमा बन्न लागेकी महिलालाई सन्तान सुखको त्यो पहिलो क्षणमा निकै खुसि तुल्याउछ‚ साथै परिवार र स्टमित्रमा पनि यो खुसी विस्तारै सञ्चार हुन थाल्दछ ।

र सुरु हुन्छ गर्भको शिशुको हेरचाह । नौ महिनासम्म गर्भको शिशुलाई हानी नहोस् भनेर हरेक पल ध्यान दिइन्छ । निकै सजगता र महिलाको कठोर मिहेनत पछि प्रतिक्षाको घडि समाप्त हुन्छ र यो सुन्दर संसारमा शिशुको जन्म हुन्छ । नौ महिनाको अवधि सजिलो पक्कै पनि छैन त्यो पिडा त्यो दुखाई सम्झिदै आँशु आउँछ तर पनि त्यो पिडा र दुखाई पछि आफ्नो सन्तानको कलिलो अनुहार देखिन्छ । र त्यो सानो शरीरलाई आफ्नो छातीमा टाँसि दिदा सबै दुःख पिडालाई बिर्सन सकिन्छ । कति गाह्रो समयलाई पार गर्नुपर्छ आमा हुनको लागि । जन्म दिन को लागि । दिन, हप्ता, महिना, बर्ष हुदै समय बित्दै जाँदा त्यो सानो शिशुको वृद्दि विकास समय अनुसार भइरहेको हुन्छ जुन कुरा उसको आमालाई जति जानकारी सायदै अरुलाइ होला । उसको सुत्ने उठ्ने खाने बस्ने, मन पर्ने मन नपर्ने सबै कुराको जानकारी उसको आमालाई हुन्छ ।

ऊ बोल्न नजान्दा सम्म र ऊ बोल्न जानि सकेपछि पनि, जसले आफ्नो बच्चालाई राम्रो नराम्रो कुराहरु । अनुशासनको कुराहरु, ज्ञानको कुराहरु सिकाउदै जान्छिन् । शिशुको बृद्दि विकासमा अभिभावकहरुको निकै ठूलो भुमिका रहन्छ । थाहाछैन कहाँ निर गएर गल्ती हुदो रहेछ अभिभावकको जसको कारणले सन्तानले आफूलाई जन्मदिने आमासंग पनि सम्बन्ध तोड्न पूग्दछन् । हिजोका दिनमा बाबुनानीले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमा दिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज किन क्षमा दिएर सम्बन्ध कायम गराउन चाहादैनन् ?

ठूलो हुदै जाँदा बावुनानीको रुची संगत कति कुराहरुमा परिवर्तन आउँछ जुन क्रममा उनिहरु बाटो बिराएको बेलामा अभिभावकहरुले सुधार्दै आफूलाई जन्म दिएर हरेक अवस्थामा अगाडि बढ्न प्रेरणा दिने अभिभावकलाई उनिहरुको गलत प्रतिक्रियाले अभिभावक प्रति कस्तो असर पर्छ भनेर किन बुझ्न नसकेको ? समझ र बिबेकदेखि किन टाढा भएको अहिले उनिहरु ?

आफूले जन्म दिएको छोरा छोरीहरु आफूसंग नबोल्दा त्यो आमालाई कस्तो पिडा भयो होला त ? कति आँशु झारिन् होलात्यो आमाले ? जसलाई जन्माउदा कति कष्ट भएको थियो आफ्नो जिवन नै सक्किएला जस्तो भएको थियो के ति सबै चोटहरुको मुल्यांकन गरेका होलान् त ति छोराछोरीले ? ठिकै छ आमा को नै गल्ती भयो बाबाको नै गल्ती भयो अगाडि गएर किन बोल्न नसकेका होलान् उनिहरु? के कुराले रोक्यो होला ?

आज समाजमा कतिपय आमाहरु यी अन्तर मनका प्रश्नबाट गुज्रिरहेका छन् । यी आमाहरु आफ्नो जीवनको लयदेखि बिरक्तिएका छन् । यि प्रश्न र उत्तर बीचको पुलनिर्माण गर्ने दिन अब आएको छ । नभए हाम्रो समाजको भविष्य नै चुनौतिपुर्ण देखिन्छ ।

  • सूर्य गमाल says:

    जय मशीह, अती सुन्दर लेख, प्रभुलाई धेरै धन्यवाद भएको होस्,मैले जानेर नजानेर बुवा आमा प्रति मेरो प्रभुलाई पछिको ठूलो आदर र सम्मान छ, मेरो मात्रै हैन कि सबै बुवा आमा प्रति सम्मान छ, समय परिस्थितिको कारण होला सायद विकशित देशको जस्तै हामी आफ्नो सन्तान लाई हुर्काउन खोज्नु र जिम्वेवारी नदिनु चाई हाम्रै कमजोरी हो जस्तो चाहिँ लाग्दछ मलाई, तर जे होस् आजकलको सन्तान हरुले आमाको third digee पीडा मात्रै हैन कि बुवा को थाप्लोमा परेको हरेक दाईत्व वहन गरेको कुरा पनि उतिकै मनमा लिएर अनुशासित जीवन जिएको होस् जस्तो लाग्छ, तर गारो अनि गम्भीर विषयमा लेख पढ्न पाउँदा, मनै देखि धेरै धन्यवाद छ यहाँलाई।


  • काठमाडौं

    बिहिबार, साउन २, २०८२

    २१.९८°

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    विज्ञापन

    कुनै विज्ञापन छैन

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

    टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

    पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

    नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    च्यातिदेऊ त्यो प्रेम पत्र !

    च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

    विचार

    नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

    “नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

    विचार

    जन्मैदेखि विभेदमा महिला 

    नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

    मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

    ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

    फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन