चीन सरकारले नेपाल प्रहरीलाई २१ थान ड्रोन दिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले दिने २१ थान ड्रोन स्वीकार गर्ने निर्णय गरेको हो। तीब्बतको पब्लिक सेक्युरिटी डीपार्टमेन्टले गृह मन्त्रालयलाई २१ थान ड्रोन दिने निर्णय गरेको थियो।
गत वैशाख २५ गते चिनियाँ राजदूत छन् सोङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजीसँगलाई भेटर ड्रोन दिने जानकारी गराएका थिए। सीमा क्षेत्रको निगरानी गर्न चीन सरकारले ड्रोन दिएको हो। उक्त ड्रोन सुरक्षा निकायलाई दिने तयारी गृह मन्त्रालयले गरेको छ।