fbpx

राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै,धुलिखेलमा हक्की रंगशाला बन्ने योजना

author

समाचारपाटी

१ हप्ता अगाडि

छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आगामी शनिवारदेखि हुने भएको छ । नेपाल हक्की संघको आयोजनामा पाँचदिने प्रतियोगिता धुलिखेलमा हुने भएको हो । प्रतियोगिताका खेलहरू काभ्रको धुलिखेल खेलकुद मैदानमा हुने तय भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा एक विभागीय टोली त्रिभुवन आर्मीसहित सात प्रदेश वागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेश गरी व६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल हुने जानकारी दिए ।

समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा शिर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्लेअर अफ द म्याचलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ । विधागत उत्कृष्टअन्तर्गत डिफेन्डर, गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडी समान १० हजार नगदबाट पुरस्कृत हुने हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराउनु भयो । महासचिव श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको हक्की रंगशाला र प्रशिक्षण केन्द्र निर्माणका लागि धुलिखेलमा जग्गा प्राप्त भएको जानकारी दिनुभयो । धुलिखेल नगरपालिकाको वडा–१२ मा रहेको खेलमैदान उपलब्ध भएको हो । 

धुलिखेल नगरपालिकाले रंगशाला र प्रशिक्षण केन्द्र निर्माणका लागि हक्की सघंलाई दिएको महासचिव श्रेष्ठले उल्लेख गर्नुभयो । प्रदेश खेलकुद विकास परिषद्, वागमती प्रदेशले उक्त रंगशालाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको र त्यो अन्तिम चरणमा पुगेको संघको दाबी छ । संघले प्रशिक्षक तथा निर्णायकलाई समयानुकुल परिस्कृत गर्दै लाने उल्लेख गर्दै प्रतियोगिताका दौरान एशियन हक्की महासघंको सहयोगमा एएचएफ टेक्निकल अफिसियल कोर्स पनि धुलिखेलमा नै सञ्चालन गर्ने भएको छ ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, बैशाख २१, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन