कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

author

समाचारपाटी

१ year अगाडि

शुक्रवार (भोलि) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बोक्सीको घर’ को प्रिमियर भएको छ ।
बुधवार काठमाडौंमा एक कार्यक्रमबीद्ध चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शो कार्यक्रमपछि सिनेपत्रकारहरुसँग कुरा गर्दै कलाकारहरुले चलचित्रले सामाजिक कथावस्तु बोकेको र कप्रथालाई अन्त्य गर्न सन्देश दिएको बताए । उनीहरुले यस किसिमका चलचित्रहरु सबैले हेर्नुपर्ने बताए । कार्यक्रमपछि बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘माइण्ड ब्लोइङ’ रहेको प्रतिक्रिया दिनुभयो । उहाँले चलचित्र चुनौतिपूर्ण विषयमा बनेको बताउनु भयो । उहाँले आजको दिनमा यस विषयमा चलचित्र निर्माण गर्नु नै चुनौतिको विषय भएको बताउनु भयो । त्यस्तै अभिनेता शोभित बस्नेतले बोक्सीको घटना आफूले नदेखेको र विश्वास पनि नरहेको बताउनु भयो । उहाँले महिलालाई बोक्सीको आरोपमा पीडित बनाएको कथावस्तुहरु फिल्ममा उतारिएको बताउनु भयो । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले बोक्सीको घर चलचित्रको विषय चलचित्रकर्मीहरुले उठाउनुपर्ने विषय भएको बताउनु भयो ।

उहाँले विकृति, विसंगतिलाई चिर्नुपर्ने ऐनाको पर्यायको रुपमा बोक्सीको घर निर्माण भएको बताउनु भयो । त्यस्तै अभिनेत्री निशा अधिकारीले चलचित्र सबै किसिमबाट उत्कृष्ट रहेको बताउनु भयो । उहाँले चलचित्र बन्नु नै पर्ने रहेको बताउनु भयो । त्यस्तै अभिनेत्री बेनिसा हमालले चलचित्रले कुप्रथा र अन्धविश्वासलाई मान्न नहुने सन्देश दिएको बताउनु भयो । उहाँले अहिले पनि समाजमा धेरै महिलाहरु यस प्रकारको कुप्रथाबाट पीडित रहेको बताउनु भयो । अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र उत्कृष्ट रहेको र समाजको कथा बोकेको बताउनु भयो । उहाँले महिलालाई बोक्सी भनिन्छ भनेर पुरुषलाई भन्नुपर्छ भन्नेतिर नभइ कसैलाई पनि यसबाट पीडित बनाउनेतिर लाग्नु नहुने बताउनु भयो । अभिनेत्री केकी अधिकारीले चलचित्रमा सामाजिक यथार्थवादी चित्रण गरिएको बताउनु भयो । उहाँले एउटा व्यक्तिको जीवन यात्राको कथा चलचित्रमा समेटिएको बताउनु भयो । समाजका कुऋतिका कारण उज्वल भविष्य बनाउनसक्ने व्यक्तिको जीवन सकिन्छ भन्नेकुरा चलचित्रमा देखाइएको बताउनु भयो । अभिनेता सलोन बस्नेतले सुनेका कुराहरु सिनेमामा देखाउन खोजेको कुराले मन छोएको र समुदायको घटनालाई आवाज उठाएकोमा खुशी लागेको बताउनु भयो ।


चलचित्र बोक्सीको घर शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । भर्खरै स्कुल पढ्दै गरेकी नाबालिकाको विवाह आफूभन्दा २४ वर्ष जेठो पुरुषसँग भएपछि उसले अन्धविश्वासका कारण समाजबाटै भोगेको हिंसाको कथा फिल्ममा देखाइएको छ । समाजमा बोक्सी भनेर लगाइने आरोप र त्यसकै आधारमा महिलामाथि हुने अन्यायलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको छ । अन्धविश्वासका कारण समाज कतिसम्म क्रुर बन्नसक्छ भन्ने तथ्यलाई समेत कलात्मक ढंगले फिल्ममा देखाइएको छ । चलचित्रका लेखक एवं निर्देशक सुलक्षण भारती हुनुहुन्छ । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा केकी अधिकारी, श्वेच्छा राउत, सुष्मा निरौला, सविन बाँस्तोला, सुपला सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन