पोखरामा खुल्यो सुविधा सम्पन्न ‘हेयर एन्ड शान्ति’

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरा भन्नेबित्तिकै धेरैको दिमागमा ताल, हिमाल, कला, साहित्य र लाहुरे लगायत आइहाल्छ । लाहुरेसँगै पोखरा भन्नेबित्तिकै सम्झिने यहाँको फेशन र जीवनशैली पनि हो । पश्चिमा संस्कृति होस् वा परम्परागत, पोखराले नयाँनयाँ पन
खोजिरहन्छ ।

पोखरेली तन्नेरी पुस्ता अरुभन्दा आफूमा फरकपन आभाष गर्नकै लागिसौन्दर्यमा पनि उत्तिकै ध्यान दिन्छन् । यहाँको फेशनदेखि जीवनशैलीलाई पछ्याउँदै पोखरामा सौन्दर्यको नयाँ ब्राण्ड थपिएको छ – हेयर एन्ड शान्ति। केश सज्जा र सौन्दर्यमा २ दशभन्दा लामो अनुभव बटुलेको हेयर शान्तिको पोखरामा खुलेका ११ औं शाखा हो । साढे एक करोड रुपैयाँ लगानीमा खुलेको
हेयर शान्ति पोखरा न्युरोडमा फागुन २८ गतेदेखि सञ्चालनमा आएको हो ।

चिप्लेढुंगादेखि करिब सय मिटर तल पोखरा सेन्ट्रल कप्लेक्सको दोस्रो तलामा खुलेको सैलुनमा महिला तथा पुरुष दुवैले सेवा लिन सक्ने हेयर शान्तिकी निर्देशक अनुजा श्रेष्ठले जानकारी दिनुभयाे ।

पोखरा शाखामा हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा उपलब्ध हुने हेयर श्रेष्ठको भनाइ छ । ‘सौन्दर्यको क्षेत्रमा देशका अन्य ठाउँमा सफल भइसकेपछि हामीले पोखरालाई पनि उपयुक्त गन्तव्य मान्यौं । त्यसैले अहिले पोखरेलीलाई भरपर्दो र गुणस्तरीय सौन्दर्य प्रशाधनका सामग्रीसहित खुलेका छौं,’ निर्देशक श्रेष्ठले भन्नुभयाे, ‘सुरुआतमा यहाँबाट कपाल वा सौन्दर्यका कुनैपनि सेवा लिएवापत २५ प्रतिशत छुटको व्यवस्था गरेका छौं ।’

पोखरा शाखामा एकैपटक २५ जना सेवाग्राहीले सेवा लिन सक्नेछन् । हेयर एण्ड शान्तिले लोरेल, म्याट्रिक्स, लोटस, क्स्मारा, अरोमा, एडो, प्रोटेक जस्ता ब्रान्डेड सौन्दर्य प्रसाधन प्रयोग गर्ने गरेको निर्देशक श्रेष्ठ बताउँनुहुन्छ । ‘१० हजारको मेम्बरसिप बनायो भने १५ हजार बराबरको छुट, २५ प्रतिशत छूट पाइनेछ, यो अहिलेको ग्रान्ड अवसर पनि हो,’ उहाँले भन्नुभयाे ।

हेयर शान्तिकी सिनियर हेयर ड्रेसर रुपा शाक्यले सेवाग्राहीको छाला, केशअनुसारमात्रै आफूहरुले सेवा दिने बताउनुभयाे । ‘राम्रो राम्रो टेक्निसियन राखेका छौं । सबै भारतबाटै प्रशिक्षित हुनुहुन्छ । हाम्रो प्रोडक्ट पनि सबै भारतबाटै आउँछ । स्किन,
हेयर विश्लेषण गरेरमात्रै सोहीअनुसार सेवा दिन्छौं,’ उहाँले भन्नुभयाे ।

भारतको दिल्लीस्थित साउथ एक्सबाट सुरु सन् २००१ मा सुरु भएको हेयर एण्ड शान्तिले नेपालमा भने काठमाडौंको कमलादीबाट आफ्नो शाखा विस्तार गरेको हो । भारतमा यसको १२ वटा स्टोर सञ्चालनमा छन् । हेयर एण्ड शान्तिका काठमाडौंको ठमेल, नक्साल, नयाँ बानेश्वर, ललितपुरको जावलाखेल र चितवनको नारायणघाटमा शाखा खुलिसकेका छन् । ‘अब केही समयमा नै धनगढीमा १२ शाखा विस्तार गर्ने तयारीमा छौं,’ उहाँले भन्नुभयाे ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’