fbpx

बिहीबारदेखि विराट एक्स्पो सुरु हुँदै, स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकता,

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । मंसिर २९ गतेदेखि विराट एक्स्पो हुने भएको छ । पुस ६ गतेसम्म संचालन हुने सो एक्स्पोको सम्पूर्ण तयार पुरा भएको छ । सो एक्स्पोको सम्पूर्ण प्रत्यक्ष प्रसारण नेपाल नेटवर्क टेलिभिजनबाट हुने जानकारी गराइएको छ ।

उद्योग संगठन मोरङको आयोजनामा विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा एक्स्पो हुन लागेको हो ।

आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को आयोजना गरिएको बताइएको छ । कृषि, पर्यटन, उद्योग र वाणिज्यः आर्थिक विकासको मुख्य आधार भन्ने मूल नाराका साथ एक्स्पो हुन लागेको हो । एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकको उत्पादनको प्रदर्शनी रहेको छ । एक्स्पोमा भारत बिहारको सीमावर्ती क्षेत्रबाट समेत गरी करिब २० लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

एक्स्पोको मुख्य आकर्षक आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल, अनुभव आदानप्रदान, नवीतम सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियन, प्रदेश आर्थिक वृद्धि तथा लगानी सवलीकरणका लागि एसियन फाउन्डेसन र प्रदेश नागरिक विकास बोर्डसँगको सहकार्यमा लगानी सम्मेलन, प्रदेश–१ मा लगानीका सम्भावना भएका कुराको प्रदर्शनीको छुट्टै पेभिलियन रहने छ ।

यसका साथै पर्यटकीय गन्तव्यको जानकारी, स्थानीय खाना उत्सव, दैनिक सांगीतिक कार्यक्रम छ भने यस्ता कार्यक्रममा स्थानीय कला संस्कृति एवं कलाकारलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै कला संस्कृतिको प्रस्तुति हुनेछ ।राष्ट्रिय ख्याती प्राप्त कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ । एक्स्पोमा रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरूबीच प्रत्यक्ष भेटघाटका लागि छुट्टै पेभिलियन रहेको छ ।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१४.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि