बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ विन्दुमा झरेको हो।

सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले घटेर ३५०.४७ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि ओरालो लागेको छ। यसदिन ३१५ स्क्रिप्सको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार २ अर्ब १० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। बुधबार सार्वजनिक बिदा परेकाले कारोबार भएन।

साताको पहिलो कारोबार दिन आइतबार ३ अर्ब ६ करोडको सेयर कारोबार हुँदा सोमबार २ अर्ब ७९ करोड मूल्य बराबरको कारोबार भएको थियो। दोहोरो अंकले ओरालो लागेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

कालिञ्चोक हाइड्रोपावरको सेयर सर्वाधिक ७.९४ प्रतिशतले बढ्दा पोखरा फाइनान्सको ६.२१,एनआईसी एसिया ग्रोथ फन्ड-२ को ५.७१,मध्य भोटेकोशी जलविद्युतको ५.७० र पिपुल्स पावरको ५.५९ प्रतिशतले बढ्यो। यसदिन रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले घट्यो। १८ करोड बढि मूल्य बराबरको सेयर कारोबार गरी गोर्खाज फाइनान्स शीर्षस्थानमा रह्यो।

सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। कारोबारमा आएका २७ स्क्रिप्सको मूल्य बढ्दा २११ वटाको मूल्य घट्यो।


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

२१.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने