fbpx

नेप्से परिसूचक दोहोरो अंकले बढ्याे, आज साढे ३ अर्बको सेयर कारोबार

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से ३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा पुगेको छ। साताको पहिलो र दोस्रो कारोबार  दिन सार्वजनिक विदा परेकाले सेयर कारोबार भएन। आज खुलेको बजारमा साढे ३ अर्बको सेयर कारोबार भएको छ।

 दोहोरो अंकले बढेको बजारमा ७ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आज २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कम्पनीको ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँमा खरिदबिक्री भयो। ६३ हजार ४३० पटक कारोबार भयो।

कारोबार रकमका आधारमा अपी पावर कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २३ करोड २६ लाख ८ हजार ३८८ रुपैयाँको  सेयर कारोबार भयो।

अपर तामाकोशी हाइड्रो पावरको ११ करोड र नगदी ग्रुपको १० करोड बढी मूल्यको सेयर किनबेच भयो। कारोबारमा आएका १३ उपसमूह मध्ये १२ को मूल्य बढ्यो भने एकको घट्यो।

होटल्स एन्ड टुरिजम समूहको सूचक सर्वाधिक ५.१२ प्रतिशतले बढ्यो। हाइड्रो पावरको ५.०४ प्रतिशतले बढ्दा फाइनान्स समूहको ३.६० प्रतिशतले बढयो।

१२ समूहको सूचक बढ्दा बैंकिङ उपसमूहको भने ०.३२ प्रतिशतले ओरालो  लाग्यो। यसदिन प्रभु सेलेक्ट फन्डको  सेयर मूल्य ८.४५ प्रतिशतले घट्यो।

source:onlinekhabar


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन