fbpx

युआरएलका कर्मचारीलाई ल्याब व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम

author

समाचारपाटी

१ year अगाडि

पोखरा । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शुक्रबार कर्मचारीलाई ल्याब
व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम दिएको छ । युआरएल मुख्य कार्यालय समागृहचोक र युआरएलका १३ शाखामा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्दै ग्राहकलाई गुणस्तरीय सेवा दिन तालिम आयोजना गरिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले रोगको निदान र उपचारमा प्रयोगशालाको भूमिकाबारे प्रकाश पार्नुभयाे । उहाँले भन्नुभयाे, ‘प्रयोगशालाको रिपोर्ट गलत भयो वा समयमै आएन भने बिरामीको ज्यान नै जोखिममा पर्न सक्छ । आफन्त, चिकित्सक, अस्पताल व्यवस्थापनलाई दबाब बढ्छ । डाक्टरले रिपोर्टकै आधारमा उपचार गर्ने हो, कथंकदाचित रिपोर्ट गलत भए उपचार पनि गलत हुन सक्छ ।’

प्रयोगशाला गुणस्तर विज्ञ सुशील थापाले दक्ष प्राविधिक र अत्याधुनिक मेसिनको सम्बन्धबाट मात्रै गुणस्तरीय रिपोर्ट आउन सक्ने औंल्याउनुभयाे । प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीका माइक्रोबायोलोजिस्ट डा सौगात प्रधानले कल्चर जाँच र त्यसको संवेदनशीलताबारे प्रकाश पार्नुभयाे ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीले व्यावसायिक ल्याबमा कर्मचारीले आपसमा गर्ने व्यवहार र सेवाग्राहीलाई गर्नुपर्ने व्यवहारले ल्याबको परीचय दिने उल्लेख गर्नुभयाे । यसैगरी, युआरएलका टेक्निकल हेड भूपेन्द्र रेग्मी, टेक्नोलोजिस्ट सुशील थापा र बायोक्यामिस्टद्वय सुनिता श्रेष्ठ र अनुप भुसालले युआरएलले अहिले अपनाएको कार्यसम्पादन प्रक्रिया र रिपोर्टिङबारे जानकारी दिनुभयाे ।

प्रशिक्षार्थीलाई वरिष्ठ प्याथोलोजिस्ट डा सुदीप रेग्मीले हिस्टाे प्याथोलोजी जाँचका प्रक्रिया र रिपोर्टिङबारे प्रकाश पार्नुभएकाे थियाे । तालिममा शाखा इन्चार्ज र सहइन्चार्ज गरी ३० जना सहभागी थिए । युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले नयाँ टेस्ट, मेसिनहरुबारे जानकारी दिन र विश्वमा विकसित प्रयोगशालाका नयाँ तकनिकी सिकाउन तालिम आयोजना गरिएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘अब मेसिन उत्पादक कम्पनीकै विज्ञ झिकाएर तालिम दिने योजना छ । अहिलेको तालिममा आएका विषय लागू भए÷नभएको टिम बनाएर अनुगमन हुनेछ ।’

युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले सर्वाेत्कृष्ट प्रविधि, दक्ष कर्मचारी, चुस्त व्यवस्थापनसँगसँगै पछिल्लो समय विकसित प्रविधि, टेस्ट आदिलाई भित्र्याएर युआरएलअघि बढ्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘गण्डकीको प्रयोगशाला क्षेत्रको पहिलो ल्याब युआरएल ल्याबका सबै क्षेत्रमा अग्रणी बन्दै सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन कुनै दत्तचित्त छ ।’


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन