पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले आँधिखोला गाउँपालिकासँग सहकार्य र समन्वय गरि ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त शिविर आँधिखोला गाउँपालिका वडा नं. ५, सेतिदोभानमा रहेको आँधिखोला आधारभूत अस्पतालमा सम्पन्न गरेको हो । शिविरमा १०२९ जनाले प्रत्यक्ष सेवा लिएका छन् ।
उक्त शिविरमा डा. सुदर्शन आचार्य, डा. विनोद बराल, डा. अंकुर के.सी. डा मनिषा बराल, डा. दीक्षा क्षेत्री फर्माष्टि विकास खड्का, गरी जम्मा १८ जनाको प्राविधिक टोलीर १६ जनाको सहयोगी टोली सेवामा खटिएको थियो । उक्त शिविरमा आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले आफुहरु पालिका बासिको स्वास्थ्यलाई मध्यनजर राखि अगाडि बढेको र आगामी वर्षहरुमा स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु अझ बढी सञ्चालन गर्दै जाने पनि बताउनु भयो ।
उहाँले नेलम्बो नेपालसँग यस सँगै ४ वटा शिविरहरु सञ्चालन गरेको र ती सवै शिविर प्रभावकारीर गुणस्तरीय रहेको पनि बताउनु भयो । पालिका उपाध्यक्ष सीता थापाले नेलम्बो नेपालले सञ्चालन गरेको कार्यक्रमहरु प्रभावकारी भएको हुदाँ आगामीवर्षहरुमा पनि सँगसँगै कार्य गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो । प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले नेलम्बो नेपाल र आँधिखोला गाउँपालिका बीचको सम्बन्ध प्रगाड रहेको हुदाँ आगामी वर्षहरुमा पनि थप सहकार्य गरी कार्यक्रमहरु सञ्चालन गर्ने बताउनु भयो ।
नेलम्बो नेपालका अध्यक्ष एक देवदेवकोटाले निःशुल्क स्वास्थ्य शिविर अत्यन्त प्रभावकारी भएको र आधिखोला गाउँपालिकाले स्थानीय व्यवस्थापन सहयोगी स्वयम् सेवकहरु सवै राम्रो प्रबन्ध मिलाएको हुदाँ यस गाउँपालिकासँगको सहकार्य पूर्ण फल दायि रहेको हुदाँ आगामीवर्षहरुमा पनि थप सहकार्य गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो स्थानीय तहले अपनत्व लिएको ठाउँमा कार्यक्रमहरु प्रभावकारी हुने हुदाँ नेलम्बो नेपालले पनि सक्रिय सहभागिता भएको ठाउँहरुकमा सहकार्य गर्ने बताउनु भयो । आधिखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निराजन लामिछानेले विगतमा धेरै प्रकारका शिविरहरु सञ्चालन गरेको तर यस्तो प्रकारको गुणस्तरीय निःशुल्क स्वास्थ्य शिविर एक पटक पञ्चमूल स्वास्थ्य केन्द्रमा नेलम्बो नेपालले नै सञ्चालन गरेको र अहिले पुनः नेलम्बो नेपालले नै गुणस्तरीय स्वास्थ्य शिविर सञ्चालन गरी आम गाउँपालिका बासीलाई सेवा दिएको बताउनु भयो । सो शिविरमा वडा न २ का अध्यक्ष कमल प्रसाद पौडेल, वडा नं.३ का अध्यक्ष शेर बहादुर कार्की, वडा नं. ५ का अध्यक्ष कृष्ण प्रसाद पनेरु लगायतले बोलेका थिए । उक्त शिविरमा महिला ७१३ र पुरुष ३१६ जनाले सेवा लिएका थिए। सामान्य चिकित्सा सेवा ७७२, हाड जोर्नी तथा नशामा ६०१, दन्त सेवा ३२७, नाक कान घाँटी सेवा ३६१, स्त्री रोग सेवा २८६, छाला रोग सेवा १२६, इसिजीसेवा १४५, भिडियो एक्सरे सेवा ८३, सुगर जाँच ३६७, पिसाव जाँच १७७, कानको सफाई ३०, दाँत भरेको ४८, दाँत सफा ३९, दाँतको एक्सरे ७०, दाँत निकालेको ६०, दाँतको जरैदेखि उपचार १ सेवा प्रदा नगरिएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताउनु भयो ।