पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले माछापुच्छे गाउँपालिका वडा नं. ६ भिडावारीमा रहेको श्री वराह माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकहरुको निःशुल्क कान शिविर समपन्न गरेको छ । उक्त शिविरमा जम्मा १८८ जनाले सेवा लिएका छन् ।
जसमा १०२ जना पुरुष र ८६ जना महिला रहेका थिए। उक्त शिविरमा अत्याधुनिक औजारहरुबाट कानको चेक जाँच, कान सफा गर्ने, अडियो मिटरबाट कानको सुनुवाई, माइक्रोस्कोपबाट जटिल प्रकारको कानको सफा तथा उपचार गरेको छ । विद्यार्थीहरुको कानको हेरचाह तथा सरसफाईमा ध्यान नदिएको भएर अधिकांस विद्यार्थीहरुको कानमा समस्या रहेको र उनिहरुको समस्याको समाधान विद्यालयमा नै गरेको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले बताउनु भयो ।
सो शिविरमा बोल्दै अध्यक्ष देवकोटाले माछापुच्छे ६ सँग नेलम्बो नेपालको राम्रो सम्बन्ध र सुरुवाती दिनहरुबाटै सहकार्यमा सहयोग गर्दै आइरहेको पनि बताउनु भयो । उक्त कार्यक्रममा माछापुच्छे गाउँपालिका वडा नं.६ धितालका अध्यक्ष टेक नाथ गौतमले नेलम्बो नेपाल विभिन्न संघसंस्थाहरु मध्ये आफ्नो वडामा अग्रणीसहयोगी संस्था रहेको र नेलम्बो नेपालसँग सहकार्य गरेको पनि बताउनु भयो । नेलम्बो नेपाल कोभिड १९ को विषम परिस्थितिमा गाउँपालिका भरीगरेको सहयोगलाई विर्षन नसकिने पनि बताउनु भयो ।
ग्रामीण भेगमा रेका विद्यार्थीहरु स्वास्थ्यको पहुँचबाट टाढा रहेको र नेलम्बो नेपालले निःशुल्क सेवा दिएको प्रति हार्दिक आभार व्यक्त गर्नु भयो । विद्यालयका प्रधानाध्यापक मिन प्रसाद अधिकारीले नेलम्बो नेपालले यस भन्दा अगाडि पनि नि: शुल्क दन्त शिविर गरेर विद्यार्थीहरुको मुख स्वास्थ्यमा ठूलो सहयोग गरेको र यसै वर्ष जाडोको समयमा आफ्नो विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई पुग्ने गरी न्यानो सुइटर पनि वितरण गरेको साथै वडा नं ६ भरीका सामुदायिक विद्यालयहरुमा मानै न्यानो सुइटर वितरण गरेको र अहिले आफ्नो विद्यालयका विद्यार्थीहरुको लागि कानको निःशुल्क उपचार गरेर विर्षनै नसकिने सहयोग गरेको प्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । उक्त शिविरमा डाक्टर अंकुर के.सी.को नेतृत्वमा ९ जनाको प्राविधिक टोलि खटिएर दुई दिन सम्म निःशुल्क उपचार गरेको नेलम्बो नोपलका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताउनु भयो ।