सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छः मन्त्री राई

author

समाचारपाटी

१ महिना अगाडि

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । 

आईतवार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो बताउनुभएको हो । उहाँले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएमा समस्याको पहिचान गरी समाधानको लागि सरकार सकारात्मक रहेको बताउनु भयो । उहाँले सहकारी संकटमा आए भनेर बजारमा हल्ला भन्दा पनि बद्मास गर्ने सहकारीहरुको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले मन्त्रालयमा सहकारी क्षेत्रका वर्तमान समस्या र समाधानको आए मन्त्रालय तत्काल समाधान गर्न सहजिकरण गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भयो । मन्त्री राईले सहकारीहरुले विधि विधान भन्दा बाहिर गएर धेरै पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको बताउनु भयो । उहाँले ३० हजार सहकारीमा १५ वटा भन्दा बढीले बदमास नगरेको दाबी गर्नुभयो । उहाँले सहकारीको विषयमा बढी नै हल्ला भएकाले सहकारी प्रतिको विश्वास गुम्दै गएको उल्लेख गर्नुभयो । उहाँले ग्रामिण क्षेत्रका जनताको दैनिक समस्या समाधान सहकारीले नै गरेको भन्दै सहकारीलाई बचाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सहकारी अभियानत तथा अन्य सम्बन्धित निकायहरुले सहकारीमा देखिएका समस्या र समाधान गर्न आवश्यक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘सबैले धेरै पैसा कमाएर धनी हुनुपर्छ तर मुलुकको कानूनी सीमामा रहेर हुनुपर्छ । कानून भन्दा  बाहिर गएर पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको हो । मुलुक हल्लैहल्लाको देश हो । केही ठूला सहकारीहरु विधिभन्दा बाहिर गयो होला । ग्रामिण क्षेत्रका सहकारीहरुले राम्रो काम गरेका छन् । ३० हजार सहकारीमा १५ वटाले नराम्रो गरेको भएपनि अन्यले गरेका छैनन् । तर सहकारी सकियो भने हल्ला बढी भयो । हल्ला होइन काम गर्ने हो । सहकारीका कहाँकहाँ समस्याहरु छन् । त्यहाँबाट निराकरण गरेर बदमासी गर्नेहरुलाई कारबाही प्रक्रिया अगाडि बढाए भयो । हल्लाको कारण मानिसहरुले सहकारीलाई नराम्रो भन्न थालेका छन् । सहकारीले राम्रो काम गरेको छ । ग्रामिण क्षेत्रका जनताको दैनिक समस्या समाधान गरेको छ । आयोगहरु धेरै बन्छ । आयोगले निस्कर्ष निकाल्छ कार्यान्वयन हुँदैन । सहकारीमा भएका समस्या र समाधानका विषयमा लिपिवद्ध गरेर म भएको ठाउँमा ल्याउनुुस् । म समस्याको समाधान गर्न तयार छु । सहकारीको समस्या समाधानको लागि सबै जना लाग्नुपर्छ । सरकार सहकारी क्षेत्रमा भएका समस्या समाधान गर्न तयार छ । तपाईहरु ढुक्क हुनुस् समाधान गर्न तयार छु । समाधान हुन्छ । तर ढिला नगर्नस्।’

त्यस्तै,मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले वचतकर्ताको वचत सुरक्षा र सहकारी अभियानको मूल्य, मान्यतामा आँच आउन नदिन मन्त्रालय संवेदनशील रहेको बताउनु भयो । उहाँले सहकारी क्षेत्रमा देखिएका विकृति र वचतकर्ताको वचत सुरक्षाका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको बताउनु भयो । उहाँले सहकारी विभाग, समस्याग्रस्त सहकारी विकास समिति, राष्ट्रिय सहकारी महासंघ, सहकारीका प्रदेश जिल्ला र विषयगत संघलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशन दिएको बताउनु भयो । उहाँले अहिलेसम्म वचतकर्ताले मागदाबी गरेको एक अर्ब ४४ करोड रकममध्ये ४० करोड रकम फिर्ता गरिसकेको बताउनु भयो । उहाँले  समस्याग्रस्त सहकारीका एक हजारभन्दा बढी श्रेस्ता माग गरी अनुसन्धान भइरहेको तथा एक सयभन्दा बढी चल–अचल सम्पती रोक्का राखी सञ्चालकको राहदानी, बैंक खाता र विदेश जान रोक्का गरिएको बताउनु भयो । उहाँले कानूनको परिपालना नगर्ने र वचतकर्ताको वचत सुरक्षा नगर्ने सहकारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट कारबाही गर्ने बताउनु भयो ।

सचिव रेग्मीले सरकारले असल सहकारीलाई प्रोत्साहन र गलत कार्य गर्ने सहकारीलाई कानूनको दायरामा ल्याउनु आवश्यक रहेको बताउनु भयो ।

source:newsagencynepal

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

जसपा सांसद अन्सारीद्वारा पद तथा गोपनियताको शपथग्रहण

काँग्रेसले बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने

मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छ : गृहमन्त्री श्रेष्ठ

आज प्रतिनिधि सभाको बैठक बस्दै

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

विश्वका तीर्थस्थल मध्ये एक मुक्तिनाथधामको महिमा समेटिएको आरती-भजन सार्वजनिक

गायिका प्रविशा अधिकारी स्वरमा ‘यहीं कतै २‘ मा जेनिशा...

प्रताप दास र अस्मिताको स्वरमा रहेकाे गीत ‘तिमीसंगै हुँदा’...

कमलमणि अभिनित फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदै

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, चैत्र १९, २०७९

१८.१५°

-
Clouds