fbpx

चौथो संस्करणको ‘ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२३ घोषणा

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । चौथो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०२३’ फारम खुला गरिएको छ । सन २०१८ मा घोषणा भएको यो अवार्ड कोरोनाका कारण एकवर्ष सरे पनि २०२० बाट नियमित रुपमा हुँदै आएको छ । यसै क्रममा चौथो नेपाल म्युजिक एण्ड फेशन अवार्ड–२०२३ को फारम आयोजक पक्षले बिहिबार खुला गरेको हो । नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्ड आयोजना हुँदै आएको आयोजक संस्था स्टार इन्टरटेनमेन्टकी अध्यक्ष पुजा निरौलाले बताउनुभएकाे छ ।

बिगत झै यो वर्ष पनि अवार्डको आयोजना स्टार वान इन्टरटेनमेन्ट र विलक्षण क्रियसन प्रा।लि।ले गर्दैछ । यो अवार्डमा सहभागी हुन चाहने गीतहरु सन २०२२ जनवरी १ बाट सन २०२३ फेब्रुअरी अन्तिम दिनसम्म सार्वजनिक भएको हुनु पर्ने अवार्ड आयोजक निरौलाले जानकारी गराउनुभएकाे छ । उहाँका अनुसार अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरुले भाग लिन पाउने छन् । गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन् ।

कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिने छ । संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ । फेशनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेशन मेकअप, फेशन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आईकन, फेशन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेशन शो तथा व्युटिपेजेन्ट, फेशन डिजाइनिङ इन्टिच्युट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ ।

अवार्डमा भाग लिन चाहनेहरुका १ चैतबाटै आगामी ३० चैतसम्म फारम खुला गरिएको अवार्ड संयोजक सरिता भारतीले बताउनुभएकाे छ । यो अवार्डमा सहभागी हुन चाहनेहरुले फारम भरेर आगामी २ बैशाखसम्म आयोजक पक्षलाई बुझाईसक्नु पर्ने छ । सहभागीले स्टार वान इन्टरटेनमेन्टको कार्यालय नयाँ बानेश्वर र विलक्षण क्रियसनको कार्यालय पुतलीसडकबाट फारम लिएर भर्न सक्ने पनि आयोजक पक्षले जनाएको छ ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक