fbpx

कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेनः राजदुत डा.नरेशविक्रम ढकाल

author

समाचारपाटी

१ हप्ता अगाडि

कतारका लागि नेपालका राजदुत डा.नरेशविक्रम ढकालले कतारसँगको श्रम सम्झौताको पुनरावलोकन गर्ने काम बाँकी रहेकाले अमिरको भ्रमणामा सम्झौता हुन नसकेको बताउनुभएको छ । नेपाल र कतारबीचको श्रम सम्झौतामा घरेलु कामदारको विषय प्रवेश भएकाले भ्रमणको क्रममा नयाँ श्रम सम्झौता हुन नसकेको बताउनुभएको हो । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राजदुत ढकालले नेपाल सरकार र कतार सरकारबीच श्रम सम्झौता परिमार्जन गर्ने सहमति रहेको बताउनु भयो । उहाँले कतारले घरेलु श्रमिक लैजानेबारे चासो राखेकाले पनि परिमार्जन हने श्रम सम्झौतालाई एकीकृत रुपमा अगाडि बढाउन आवश्यक भएकाले अहिले श्रम सम्झौता हुन नसकेको बताउनु भयो । श्रम सम्झौता नेपाल कामदारको पक्षमा हुने गरी बनाउनुपर्ने भएकाले पनि तत्काल सम्झौता नभएको उल्लेख गर्नुभयो  । उहाँले नेपाल र कतारबीच भएको श्रम सम्झौता पुरानो भएको र अहिलेको मूल्यवृद्धिसँग मेल नखाने भएकाले परिमार्जन गर्नुपर्ने माग उठिरहेको बताउनु भयो । उहाँले नेपाल सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको सेवा बिस्तारका लागि सकारात्मक रहकाले पहल र प्रयास गरिने बताउनु भयो । राजदुत ढकालले कतारका अमिरको नेपाल भ्रमणले कतार नेपालबीच लगानी र सहयोगका ढोकाहरु खुलेको दाबी गर्नुभयो । उहाँले कतारको राजदुतमा आफूलाई पूरा कार्यकाल काम गर्न दिने हो भने बाँकी रहेका काम पूरा गर्न सहज हुने बताउनु भयो । उहाँले मुलुकमा सरकार परिवर्तन भएपनि राजदुतको व्यक्ति भन्दा पनि राजदुत सम्बन्धि स्पष्ट नीति बनाएर पूर्णकालिन रुपमा काम गर्नु दिँदा मात्रै अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि राम्रो हुने बताउनु भयो । उहाँले राजदुतहरुको कार्यसम्पादनको आधारमा सच्याउन सुझाव दिने र मुलुकको अहितमा काम गरे फिर्ता बोलाउने नीति बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।  
उहाँले सरकारले कतारसँग गरेका सम्झौताहरु कार्यान्वयनको लागि पनि अमिरको भ्रमणको करिव एक वर्ष कार्यकाल थप्ने र भ्रमण गरेको देशको राजदुत पनि कम्तिमा एक वर्ष परिवर्तन नहोस् भन्ने चाहने दाबी गर्नुभयो । उहाँले यो कुरा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले बुझेकाले तत्काल आफूलाई तत्काल र्फिता नबोलाउने विश्वास दिलाउनु भयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन