fbpx

‘उत्पादन र उत्पादकत्व अभिवृद्धि र रोजगारी सिर्जना गर्न स्थानीय,प्रदेश र संघीय सरकारको समन्वय आवश्यक’:- अर्थमन्त्री वर्षमान पुन

author

समाचारपाटी

१ हप्ता अगाडि

अर्थमन्त्री वर्षमान पुनले १६ औं पञ्चवर्षीय योजनाको दस्तावेज अनुसार उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने र राजगारी सिर्जना गर्न संघीय सरकारले मात्रै नसक्ने बताउनुभएको छ ।


बिहीवार १६ औं योजना तर्जुमा सम्बन्धी राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै अर्थमन्त्री पुनले उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने र राजगारी सिर्जना गर्न नसक्ने भन्दै प्रदेश र स्थानीय सरकारले पनि त्यही अनुसारको कार्यक्रम र बजेट ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले संघीय सरकारले मात्रै सबै काम गर्न सम्भव नरहेको भन्दै प्रदेश र स्थानीय सरकारहरुको पनि त्यही अनुरुप कार्यक्रमहरु ल्याउनु जरुरी रहेको बताउनु भयो । उहाँले संविधानले तीनै तहको काम र अधिकारहरुकोे बाँडफाँड गरेको उल्लेख गर्नुभयो । अर्थमन्त्री पुनले संघीय सरकारले कानून बनाउन नसक्दा सबै अधिकारहरु प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न नसकिरहेको बताउनु भयो । उहाँले  गतवर्ष १८० अर्ब घाटामा रहेको संघीय सरकारको ट्रेजरी यो आर्थिक वर्ष पनि त्यही हाराहारीमा घाटामा रहेको बताउनु भयो । उहाँले बुधवारसम्म संघीय सञ्चित कोषमा १ खर्ब ४८ अर्ब बराबरको ऋणात्मक अवस्थामा रहेको बताउनु भयो । अर्थमन्त्री पुनले गत वर्ष १८१ अर्ब घाटालाई थोरै घटाएको बताउनु भयो । उहाँले अहिले पनि १४८ अर्ब बरावरको सरकार ऋणात्मक अवस्थामा रहेको बताउनु भयो । उहाँले प्रदेश सरकारहरुको नगद मौज्दात बुधवारसम्म ११४ अर्ब रहेकाले स्रोतको अभाव नदेखिएको बताउनु भयो । उहाँले प्रदेश सरकारले खर्च गर्न नसकेको विषयमा छलफल गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले स्थानीय तहको नगद मौज्दात १५१ अर्ब रहेकाले प्रदेश र स्थानीय तहको कोषमा मात्रै २६५ अर्ब नाफामा हुँदा संघीय सरकार घाटामा रहेको बताउनु भयो । उहाँले स्थानीय तह ,प्रदेश र संघीय ट्रेजरी हेर्दा नाफामा रहेको भन्दै यही तथ्यमा उभिएर आन्तरिक समन्वय गरेर काम गर्न आवश्यक रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘१६ औं योजनाको दस्तावेजले भन्छ उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने र राजगारी केन्द्रित कार्यक्रमहरु बनाउनेछ । त्यो संघीय सरकार एक्लैले सक्दैन । प्रदेश र स्थानीय सरकारहरुले त्यही अनुसारको कार्यक्रम ल्याउन जरुरी छ । संविधानले तीनै तहको कामको बाँडफाड गरेको छ । अधिकारहरुको बाँडफाड गरेको छ । त्यो सबैले स्वीकार गरेका छौं । तर कतिपय अधिकारहरु प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न सकिरहेका छैनौं । संघीय सरकारका कमीकजोरीहरु छन्। अर्थतन्त्रका स्रोत र सिमाका कुरा गरिरहेका छौं । गतवर्ष १८० अर्ब घाटामा थियौं । यो वर्ष पनि त्यही हाराहारीमा फेरी पनि संघीय ट्रेजरी घाटामा रहेको छ । बुधवारसम्म संघीय सञ्चित कोषमा १ खर्ब ४८ अर्ब बराबरको ऋणात्मक अवस्थामा छौं । गत वर्ष १८१ थियो थोरै घटाएका छौं तर अहिले पनि १४८ अर्ब बरावरको सरकार ऋणात्मक अवस्थामा छौं । यो हाम्रो चिन्ताको विषय हो । तर यता प्रदेश सरकारहरुको नगद मौज्दात बुधवारसम्म ११४ अर्ब छ । सात प्रदेशका कोषमा यति रकम छ । स्रोतको अभाव देखिएको छैन । किन खर्च गर्न सकिएको छैन । यो विषयमा छलफल गर्नु आवश्यक छ । स्थानीय तहको नगद मौज्दा १५१ अर्ब देखिएको छ । यो जम्मा गर्दा २६५ अर्ब प्रदेश र स्थानीय तहमा नाफामा छ । संघमा हामी १५४ अर्बको घाटामा छौं । स्थानीय तह,प्रदेश र संघीय ट्रेजरी हेर्दा नाफामा छौं । हामी यही तथ्यमा उभिएर आन्तरिक समन्वय गरेर काम गर्न सकेनाैँ भने संघ ऋणमा छ । प्रदेश र स्थानीय तह नाफामा छ । अहिले तीनै तहका सरकारको परिणाम माग भइरहेको अवस्था हो । पुँजीगत खर्च भएन सही कुरा हो । गत वर्षको तुलनामा ९ प्रतिशत ऋणात्मक छ । गत वर्ष यो समयको भन्दा ९ प्रतिशतले पुँजीगत खर्च कम छ । पुँजी निर्माण र रोजगारी कसरी सिर्जना गर्ने यही तथ्याङ्कहरु हेर्ने हो ।’


उहाँले तीनै तहका सरकारको परिणाम माग भइरहेको अवस्थमा पुँजीगत खर्च हुन नसकेको बताउनु भयो । उहाँले गत वर्षको तुलनामा ९ प्रतिशत पुँजीगत खर्च कम रहेको भन्दै तीनै तहका सरकार पुँजी निर्माण र रोजगारी सिर्जनामा जोड दिनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

सोमवार, बैशाख २४, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन