काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ सय ताेकिएकाे छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले बढेर प्रतितोला एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।