fbpx

स्याङ्गजाको आँधीखोला गाउँपालिकामा नेलम्बो नेपालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा महानगर पालिका वडा नं. ४, कास्कीमा रहेको नेलम्बो नेपालले स्याङ्गजा जिल्लामा रहेको आँधीखोला गाउँपालिकासँग सहकार्य गरी आँधीखोला गाउँपालिका वडा नं. १ मा रहेको पंचमुल प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

संस्थाको उद्देश्य ग्रामीण इलाकाका दुरदरजमा बर्षौ देखि विभिन्न रोगहरुको पहिचान हुन नसकी उपचार गर्नबाट बञ्चित समुदायलाई रोग पहिचान र निराकरणमा मद्दत पुर्याउने उद्देश्य रहेको छ । उक्त शिविरमा जम्मा ६ सय ३३ जनाले सेवा लिएका थिए । शिविरमा विभिन्न सेवाहरु उपलब्ध गराईएको थियो जसमा जर्नल फिजिसियनमा ४४३ सेवा, हाडजोर्नी सम्बन्धी २७८ सेवा, स्त्री रोग गाइनो सम्बन्धी, १५७ सेवा, नाक कान, घाँटी सम्बन्धी १८२, दन्त सम्बन्धी, २६५ सेवा, छाला सम्बन्धी ११४ सेवा, भिडियो एक्सरे ३२ सेवा, इसिजि ५३, ल्याब परीक्षण १३१ सेवा गरी जम्मा कुल १६४६ सेवा दिन सफल भएको हो ।

उक्त शिविरमा एक आकस्मीक प्रसुति सेवा पनि प्रदान गरिएको थियो । शिवरमा डा. प्रकाश कार्की, डा. विनोद वराल, डा. सुदर्शन आचार्य र डा. सिजन मर्सानीले सेवा प्रदान गर्नु भएको थियो भने अन्य प्राधिक टोलीमा १५ जना खटिनु भएको थियो । उक्त शिविरमा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले नेलम्बो नेपाल संस्थासँग पहिलोपटकको भेटमा कास्कीमा रहेको संस्थाले स्याङ्गजामा आएर यतिका सेवाहरु प्रदान गर्न सक्दैन होला जस्तो लागेको तर सेवा र सुविधा हेर्दा कुनै पनि प्राइभेट अस्पताल भन्दा फरक नरहेको र सेवा प्रदानमा प्राविधिक टिमले राम्रोसँग गुयास्तरीय सेवा प्रदान गरेको बताउनु भयो ।

उहाँले नेलम्बो नेपालसँग थप कार्यक्रमका लागि आफु कुनै पनि सयममा सहकार्य गर्न तयार रहेको र पालिकाका अन्य स्थानमा यस्तै खालको विशेषज्ञ सेवा पुर्याउन तयार रहेको बताउनु भयो । सोही कार्यक्रममा सहयोगी संस्थाका अध्यक्ष एकदेव देवकोटाले आफुहरुको कार्यक्रम प्रति गाउँपालिकाले विश्वास गरेर सहकार्य गरेको प्रति आभार व्यक्त गर्नु भयो । उहाँले नेलम्बो नेपाल विपन्न समुदायको दुरदराजमा गएर सेवा दिने संस्था भएको हुदाँ गुयास्तरीय सेवा प्रदानको लागि सधै तयार रहेको र संस्थाले स्थानियको सक्रियता भएको ठाउँमा क्रार्यक्रम सञ्चालन गर्ने र त्यसले दुवैको अपनत्व हुने पनि बताउनु भयो । भविष्यमा यस पालिकासँग शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा अन्य कार्यक्रम गर्न पनि संस्था तयार रहेको बताउनु भयो ।

उक्त कार्यक्रमलाई कास्की देखि स्याङ्गजा सम्म पुर्याउनमा समन्वयकारी भूमीका गाउँपालिकाका प्राुख प्रशासकीय अधिकृत युवराज अधिकारीले गर्नु भएको थियो । उक्त कार्यक्रममा अधिकारीले नेलम्बो नेपालसँग अन्य पालिकामा आफु प्रशासकीय अधिकृत हुदाँ सहकार्यमा कार्यहरु सफलताका साथ गरेको अनुभवका आधारमा आँधीखोला गाउँपालिकामा पनि सहकार्य गरेको बताउनु भयो । उहाँले नेलम्बो नेपालका हरेक कार्यक्रममा गुणस्तरीयता हुने र कोभिड १९ को विश्व महामारीमा नेलम्बो नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्यहरु गरेको पनि स्मरण गराउनु भयो । सो कार्यक्रममा आँधीखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष पवन काजी अधिकारीले शिविर आफुले धेरै देखेको र भोगेको तर यस खालको निःशुल्क स्वास्थ्य शिविर पहिलोपटक देखेको र शिविरको गुणस्तरीयतामा कुनै पनि कमीकम्जोरी नदेखिएको र आफुले पनि सेवा लिएर सन्तुष्टी पाएको बताउनु भयो । पवन काजीको अध्यक्षतामा संञ्चालित कार्यक्रम पंचमुल प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डिल्लीराम अधिकारीले सञ्चालन गर्नु भएको थियो ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक