fbpx

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत

author

समाचारपाटी

१0 महिना अगाडि

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने केन्द्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ । मंगलवार केन्द्रिय तथ्यांक कार्यालयले पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०८०÷८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा देशको अर्थतन्त्र करिव ४ प्रतिशतले बिस्तार हुने अनुमान गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले सार्वजनिक गरिएको तथ्यांकले अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको संकेत गरेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको ६ देखि ८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा कार्यालयले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर सार्वजनिक गरिएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा अधिकांश अर्थतन्त्रका सूचकहरु सकारात्मक भएपनि केही क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक वृद्धि अनुमान विगतको तुलनामा सकारात्मक रहेको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो,‘विगतको भन्दा चालु आ.वमा राम्रो प्रगतिमा छौं । चालु आर्थिक वर्ष २०८०÷०८१ का अनुमान विगतको भन्दा अगाडि छौं । संशोधित अनुमानमा प्रोग्रेसिव छ । अर्थतन्त्रका केही क्षेत्रहरु सुधार गर्नुपर्ने छ । चालु आवमा अधिकांश अर्थतन्त्रमा क्षेत्रहरु सकारात्मक भएर आएका छन् । मुलुकको लागि राम्रो हो । अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएका छन् ।’


सरकारले चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट ल्याएको थियो । तर बजेको लक्ष्यभन्दा आर्थिक वृद्धिदर न्युन हुने अनुमान केन्द्रिय तथ्यांक कार्यालयले गरेको छ । कार्यक्रममा तथ्यांक प्रश्तुत गर्दै तथ्यांक कार्यालयका निर्देशक ऋषिराम सिग्देलले सरकारले गत वर्षको भन्दा चालु आ.व.को भन्दा बढी दरले आर्थिक वृद्धि हुने अनुमान गरेको बताउनु भयो ।  गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशत भएको बताउनु भयो । उहाँकाअनुसार हालसम्म प्राप्त अनुमानहरुको अध्ययनविश्लेषण गर्दा अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ । जसअनुसार आधारभुत मूल्यमा नेपालको कुल गार्हस्थ्य उत्पादन ३.५४ प्रतिशतले बिस्तार हुने देखिएको छ ।  चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको ३.७५ प्रतिशतले हुने बताउनु भयो । गत वर्ष देशको अर्थतन्त्र उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधार मूल्यमा २.१६ प्रतिशतले बिस्तार भई आकार (उपभोक्ता मूल्यमा) ५३ खर्ब ४८ अर्ब पुगेको थियो । गत वर्षको संशोधित आर्थिक वृद्धिदर (आधारभुर मूल्यमा) २.३१ प्रतिशत रहेको छ । उहाँले आधारभूत मूल्यमा ५० खर्ब ५० अर्ब पुगेको उल्लेख गर्नुभयो । 


कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान कार्यालयले सार्वजनिक गरेको छ । केन्द्रिय तथ्यांक कार्यालयले चालु आवमा कुल मूल्य अभिवृद्धि वृद्धिदर प्राथमिक क्षेत्रको ३ प्रतिशत द्वितीय क्षेत्रको १.२ प्रतिशत र सेवा क्षेत्रको ४.५ प्रतिशत रहने जनाएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन