प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’

author

समाचारपाटी

१ year अगाडि

चलचित्र मनसराको प्रिमियर शो भएको छ । बुधवार ललितपुरस्थित एक सिनेमा हलमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर भएको हो । प्रिमियर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कलाकारहरुले गाउँ र शहरसँग जोडिएको कथावस्तुलाई चलचित्रमा उतारिएको बताए । उनीहरुले सिनेमामा समाजका भुँइमान्छेहरुको कथा उतारिएको बताए । प्रिमियर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता खगेन्द्र लामिछानेले चलचित्र नेपाली अग्र्यानिक कथावस्तुमा बनेको भन्दै उत्कृष्ट रहेको बताउनु भयो । उहाँले समाजका भुँइमान्छेहरुको कथा चलचित्रमा देखाइएको बताउनु भयो । अभिनेता निश्चल बस्नेतले चलचित्रले समाजका सानासाना कुरालाई एकै ठाउँमा ल्याएर देखाइएको बताउनु भयो । अभिनेत्री मिरुना मगरले चलचित्रमा आफूले दिने भन्दा बढी लिनेकुरा रहेको बताउनु भयो । समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोणलाई चलचत्रिमा देखाइएको बताउनु भयो । चलचित्र सबैले मन पराइरहेको प्रतिक्रिया पाइरहेको बताउनु भयो । अभिनेता रविन्द्र सिंह बानियाँले सिनेमामा जीवन दर्शन पाएको अनुभुति भएको बताउनु भयो । जीवनलाई सहज र सरल तरिकाले उतारिएको बताउनु भयो । निर्देशक प्रदीप भट्टराईले सिनेमा क्षेत्र एउटा बगैँचा जस्तो भएको भन्दै फरक फरक सिनेमा आउनुपर्ने बताउनु भयो । उहाँले चलचत्रि मनसरा फूलहरुको सिंगो बगैँचा रहेको बताउनु भयो । चलचित्रमा निःसन्तापनको विकराल समस्यालाई देखाइएको बताउनु भयो । फिल्ममा समाजमा पाच्य नहुने कुरालाई सहज तरिकाले देखाइएको बताउनु भयो ।


सामाजिक कथावस्तुमा आधारित चलचित्रमा सामाजिक समस्यामा पनि लैङ्गिक विभेदलाई हेर्ने नेपाली दृष्टिकोणलाई सरल रूपमा देखाइएको छ । कथाले महिला र पुरुष दुवैमा समान गुण र दोष हुने भए पनि पुरुषमा हुने बाँझोपन र दोषको भागीदार समेत महिला बन्नुपर्ने सामाजिक यथार्थलाई समेत प्रश्तुत गरेको छ । उपेन्द्र सुब्बाद्वारा निर्देशित चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ । सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् । यस्तै विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् । चलचित्र शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदैछ ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, असार ९, २०८२

२४.५८°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः...

सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दलहरूले प्रतिवद्धता जाहेर...

ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का

अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन