fbpx

एलन मस्क फेरि बने विश्वको सबैभन्दा धनी व्यक्ति

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । अमेरिकी अर्बपति एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बन्नुभएको छ । ब्लुमबर्गको तथ्याङ्कअनुसार दोस्रो नम्बरमा झरेका मस्क आज टेस्ला कम्पनीको शेयर बढेसँगै पुनः शीर्ष स्थानमा उक्लनुभएको सीएनएनले जनाएको छ ।

मस्क पहिलो स्थानमा उक्लिएपछि गएको डिसेम्बरदेखि निरन्तर पहिलो नम्बरमा रहनुभएका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टले दोस्रो नम्बरमा झर्नुभएको छ । मस्कको कुल सम्पत्ति १ सय ८७ बिलियन डलर नाघेको छ । अर्नाल्टको सम्पत्ति १ सय ८५ बिलियनभन्दा केही बढी रहेको छ ।

मस्कले ट्विटर किनेपछि उहाँको कार निर्माता कम्पनी टेस्लाको शेयर बजार पनि तीव्ररूपमा घटेको थियो । तर सन् २०२३ सुरु भएदेखि टेस्लाको शेयर बढिरहेको छ । मस्कले सन् २०२२ मा २ सय ३ अर्ब डलर सम्पत्ति गुमाउनुपरेको थियो । मस्कको सम्पत्ति आज एकै दिन झन्ड ७ अर्ब डलर थपिएको छ ।

यसैबीच भारतीय अर्बपति गौतम अदानीको सम्पत्ति घट्ने क्रम अझै रोकिएको छैन । सन् २०२३ को सुरुमा १ सय १९ अर्ब डलर सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीको तेस्रो नम्बरमा पर्नुभएका अदानीको सम्पत्ति एक महिनामा ८२ अर्ब डलरभन्दा धेरैले घटेको छ । उहाँ धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरबाट ३२ औँ नम्बरमा झर्नुभएको छ ।

अमेरिकी सर्ट सेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले गएको हप्ता भारतीय व्यवसायी गौतम अदानीमाथि जालसाजीको आरोप लगाउँदै एक प्रतिवेदन सार्वजनिक गरेपछि उहाँको सम्पत्ति गुम्दै १ सय १९ अर्ब डलरबाट ३७ अर्ब डलरमा झरेको छ ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक