fbpx

दैलेख गुराँस गाउँपालिकामा विवाह गर्न वडाको स्वीकृति अनिवार्य

author

समाचारपाटी

१ year अगाडि

दैलेख । दैलेखको गुराँस गाउँपालिका–८ ले बालविवाह रोकथाम अभियान स्वरूप वडाले वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह गर्न पाउने प्रावधान ल्याएको छ।

वडाध्यक्ष दीपेन्द्र ओलीले वडामा कानुनविपरीत हुने बालविवाह निषेध गरिसकेको बताउनुभयाे। ‘फागुन १२ गते बसेको वडा समितिको बैठकले वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यसपूर्व नै वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह गर्न पाइने गरी निर्णय गरेका छौं,’ वडाध्यक्ष ओलीले भन्नुभयाे।

स्थानीय तहमा बालअधिकार सुनिश्चित गर्न दैलेखको गुराँस गाउँपालिका–८ बालमैत्री वडा घोषणा भइसकेको छ। वडालाई गत मंसिर अन्तिम साता बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो। घोषणासँगै यो वडा जिल्लाकै तेस्रो बालमैत्री वडा बन्यो। बालमैत्री स्थानीय शासनयुक्तसँगै बालविवाह निषेधित वडा घोषणा गरेको तीन महिनापछि सो नियम लागू गरेको हो।

वडासमितिको निर्णयअनुसार वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको वडाध्यक्ष ओलीले बताउनुभयाे। वडाले ३५ दिनभित्र गर्नुपर्ने विवाह दर्ता गर्न आउँदा विवाह गर्न वडा कार्यालयबाट जारी गरिएको अनुमतिपत्र अनिवार्य रूपमा लिएर आउनसमेत भनेको छ। वडाध्यक्ष ओलीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले यो नियम लागू गरिएको दाबी गर्नुभएकाे छ। ‘यो नियम लागू भएसँगै बालविवाह न्यूनीकरण र नागरिकलाई समयमै विवाह दर्ता गर्नसमेत प्रेरित गर्नेछ।’ ओलीले भन्नुभयाे।

बालविवाह अन्त्यको अभियानमा जुटेका संघसंस्था, अभियान्ता तथा सरकारी निकायहरूले सकारात्मक प्रयास भन्दै वडाले यो नियमका लागि धन्यवाद दिनुभएकाे छ। बालविवाह रोकथामको प्रयास स्वरूप जिल्लाका सबै वडाले यस्तै नियम लागू गर्न सके बालविवाह पूर्ण रूपमा अन्त्य हुने अधिकारकर्मी सुनिता चन्द बताउँनुहुन्छ । बालविवाह, अनमेल विवाहलगायतका गैरकानुनी र अप्राकृतिक विवाह रोक्न विवाह गर्दा सिफारिस लिनुपर्ने प्रावधान राखिनु सिर्जनशील काम भएको सामाजिक विकास मन्त्रालयको शैक्षिक विकास महाशाखाका अधिकृत बलवीर सुनारले बताउनुभयाे।

annapurnapost


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक