fbpx

‘वर्षैपिच्छे करका दर परिवर्तन गर्दा लगानी वृद्धि हुन सक्दैन’

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमार्फत हरेक वर्ष करका दर परिवर्तन गर्दा आन्तरिक र वैदेशिक लगानी वृद्धि हुन नसक्ने बताउनुभएको छ ।


सोमवार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले आर्थिक विधेयकमार्फत सरकारले चालु आर्थिक वर्षमा कायम गरेका करका दरलाई समेत परिवर्तन गरेको भन्दै निजी क्षेत्रको मनोबल कमजोर बन्न पुगेको बताउनु भयो । उहाँले  आर्थिक विधेयकमा स्टिल तथा उत्पादनमुलक उद्योगमा कायम गरिएको करका दर परिमार्जन हुनुपर्ने बताउनु भयो। उहाँले सरकारले बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदा नियामक निकायले प्रोत्साहन गर्न दिएको छुटलाई कटौति गर्नु राम्रो नभएको बताउनु भयो ।

अध्यक्ष ढकालल चालु आर्थिक वर्षको आर्थिक ऐनले व्यवस्था गरेका कतिपय व्यवस्थाहरु बजेटले खारेज गरेको विषलाई निजी क्षेत्रले स्वीकार गर्न नसक्ने बताउनु भयो । उहाँले आर्थिक नीति स्थिर भएको हेर्न चाहेको भन्दै . आर्थिक वर्षैपिच्छे करका दर परिवर्तन हुनु राम्रो नभएको उल्लेख गर्नुभयो । उहाँले  बजेटमा नीति परिवर्तन गर्दा त्यसको बाहिर प्रभाव मूल्याङ्कन र लगानीलाई प्रोत्साहन हुनेगरी गर्न आवश्यक रहेको बताउनु भयो।


उहाँले भन्नुभयो,‘चालु आर्थिक वर्षको आर्थिक ऐनले व्यवस्था गरेका कतिपय व्यवस्थाहरु बजेटले आगामी आर्थिक वर्षको लागि खारेज गरेको छ । त्यसलाई निजी क्षेत्रले प्रशंसा गरेको छैन । जुन सरकारले ग¥यो त्यो नहुनुपर्ने थियो । सरकारले आर्थिक विधेयकमा स्टिल र उत्पादन उद्योगमा लगाएको करका दरहरुका विषयमा निजी क्षेत्रको माग थिएन । सरकारले बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदा नियामक निकायले प्रोत्साहन लागि दिएको छुटलाई कटौति गर्न राम्रो भएन । यसरी आर्थिक वर्षैपिछे करका दर परिर्वतन गर्नु आर्थिक ऐन स्थिर हुन नसक्नु हो । यदी सरकारले आर्थिक नीति स्थिरता दिन सकेन भने निजी क्षेत्रको मनोबल कमजोर हुन्छ । त्यसले आन्तरिक र वैदेशिक लगानी वृद्धि हुन सक्दैन ।

सरकारले जानाजान करका दर परिवर्तन गरेको भए परिमार्जन हुनुपर्छ । कुनैपनि नीति परिवर्तन गर्दा सरकारले त्यसको बाहिर प्रभाव कस्तो पर्छ भनेर लगानीलाई प्रोत्साहन हुनेगरी गर्नुपर्छ । सरकारको आर्थिक विधेयकमा करका दर एक्कासी परिवर्तन गर्न दिर्घकालिन असर पर्छ । निजी क्षेत्रले बजेट सुुन्दा राम्रो भन्ने तर पाना पल्टाउँदा बिरोध गर्ने प्रचलन छ । सरकारले बजेट लेख्दा राम्रो भाषामा लेख्ने तर पछि आर्थिक विधेयकमा लेख्ने नम्बर निजी क्षेत्रले सोचेको भन्दा उल्टो आउने गरेको छ ।’

अध्यक्ष ढकालले  सरकारको आर्थिक विधेयकमा करका दर अचानक परिवर्तन गर्दा दीर्घकालिन असर पर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रले बजेट सुुन्दा राम्रो भन्ने तर पाना पल्टाउँदा बिरोध गर्ने प्रचलन रहेको भन्दै बजेट लेख्दा राम्रो भाषामा लेख्ने तर आर्थिक विधेयकमा लेख्ने नम्बर परिवर्तन गर्ने आशंका व्यक्त गर्नुभयो । 


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन