टर्कीले इजरायलको मोसादका लागि जासुसी गरेको आरोपमा ३३ जनालाई पक्राउ गरेको छ । टर्कीका प्रहरीले इजरायलको गुप्तचर सेवा मोसादका लागि जासुसी गरेको आशंकामा ३३ जनालाई पक्राउ गरेको एक मन्त्रीले बताएका छन् । इस्तानबुल अभियोजक कार्यालयको आतंकवाद र संगठित अपराध अनुसन्धान ब्युरोले शुरु गरेको अनुसन्धान पछि गिरफ्तार गरिएको हो । अनुसन्धानबाट संदिग्धहरूले टर्कीमा बसोवास गर्ने विदेशी नागरिकहरू विरुद्ध अपरेसनहरू सञ्चालन गर्ने योजना बनाएका पत्ता लागेको छ । जसमा आक्रमण र अपहरण समावेश छन् ।
सिन्ह्वा