fbpx

विराटनगरबाट सुनका गहनासहित दुईजना पक्राउ

author

समाचारपाटी

१२ महिना अगाडि

विराटनगर । कारमा सवार रहेका दुईजनालाई विराटनगरबाट सुनका गहनासहित प्रहरीले सोमबार राति पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–९ ठाकुरबारी रोडबाट ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विकलाइ प्रहरीले पक्राउ गरेकाे हाे ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा बस्दै आएका उनीहरू बागमती प्रदेश ०१–०२८ च २८४६ नम्बरको कारमा सवार थिए । वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी विजय श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले राति ९ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार रातको समयमा विराटनगरको ठाकुरबारी रोडमा रहेको आरके जेम्स ज्वेलर्समा गहना बेच्न खोज्दै गर्दा शंका लागेपछि उनीहरूमाथि प्रहरीले खानतलासी गरेको थियो । पक्राउ परेकाको साथबाट पोतेमा प्रयोग गरिने विभिन्न डिजाइनका २ सय ३९ थान सुनका गहना बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयाे । उहाँका अनुसार जम्मा सुन ९ तोला ४३ लाल छ । त्यसको बजार मूल्य ११ लाख बढी रहेको प्रहरीले जनाएको छ । 

सुनसँग सम्बन्धित बिल नभएको र ओसारपसार तथा बिक्रीको प्रक्रिया पूरा नगरेको पाइएपछि विकद्ववयलाई पक्राउ गरिएको दाहालले बताउनुभयाे । उनीहरुको साथबाट ९८ हजार ३ सय रूपैयाँ पनि प्रहरीले बरामद गरेको छ । कार, सुनका गहना र नगदसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाइएको डीएसपी दाहालले बताउनुभयाे । 

पक्राउ परेकाले भने इटहरीमा आफूहरूको सुनका गहना बनाउने कारखान रहेको बताएका छन् । उनीहरूले भनेको कारखानाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ । विराटनगरका व्यापारीले अर्डर गरे अनुसारको सुनका गहना तयार पारेर बिक्रीका लागि ल्याइएको उनीहरूले प्रहरीलाई बताएका छन् । तर, उनीहरूको साथमा सुनसँगसम्बन्धित बिल भने थिएन ।

annapurnapost 


काठमाडौं

सोमवार, बैशाख २४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन