fbpx

पोखरा महानगरपालिकाको अगुवाईमा विश्वकप फुटबलको फाइनल खेल पोखराको सडकमै प्रत्यक्ष प्रशारण

author

समाचारपाटी

१ year अगाडि

पोखरा । आइतबार राति पौने ९ बजे हुने विश्वकप फुटबलको फाइनल खेल पोखराको सडकमै प्रत्यक्ष प्रशारण गर्न पोखरा महानगरपालिकाले अनुमति दिएको छ । निजी कम्पनीले पोखरा महानगरको सहकार्यमा पृथ्वीचोक र हल्लनचोकको सडकमै विश्वकपको प्रत्यक्ष प्रशारण गर्न लागेको हो ।

उक्त कार्यक्रमको प्रचार प्रसारका लागि परिचय एड्भरटाइजले पृथ्वीचोक र हललनचोकमा डिजिटल स्क्रिन राखेको छ । पोखराको पृथ्वीचोक पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल हो । रातको समयमा धेरैजनाको उपस्थितिमा खेल देखाउँदा सवारी आवागमनमा असर पर्ने र दुर्घटना हुन सक्ने भन्द जिल्ला ट्राफिक प्रहरी कार्यालयले असन्तुष्टि जनाएको छ ।

‘महानगरपालिकबाटै हाम्रो नाममा पत्र पठाउँदा नै नगर्ने भनेर अब्जेक्सन जनाएका थियौं’, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रकाश शाहले भन्नुभयाे, ‘यो नगरौं ट्राफिक समस्या हुन्छ भनेर हामीले भनेको हो । महानगरले नै दिएपछि हामीलाई पनि गाह्रो भयो ।’

ट्राफिक प्रहरीले पृथ्वीचोक मुख्य राजमार्ग र बसपार्क क्षेत्रमै पर्ने भएकाले दुर्घटना निम्तिन सक्ने बताएको छ । ‘तर, हामी आदेश पालकमात्र भएकाले अनुमति पाइसकेपछि कुनै सम्भावित दुर्घटना हुन नदिन सम्पूर्ण सुरक्षाको व्यवस्था मिलाउन तयार नै छौं’, ट्राफिक प्रमुख शाहले भन्नुभयाे।

ट्राफिक प्रहरीको असन्तुष्टिको बाबजुद पनि महानगरले जिल्ला प्रशासनबाट सडकमै खेल देखाउन स्वीकृति लिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले भने स्वीकृति दिएको नभई आपसी समझदारीमा विश्वकपको फाइनल खेल देखाउन लागिएको बताउनुभयाे ।

‘ठूलो टिभीमा बाटो अवरोध नगर्ने गरी, साइडसाइडबाट मात्रै हेर्ने गरी कुनै अनुमति होइन, आपसी समझदारीमा २ ठाउँमा खेल हेर्न दिएका हौं,’ सीडीओ केसीले भन्नुभयाे, ‘बेलुका एक, डेढ घन्टाको कुरा हो । ट्राफिक प्रहरी, प्रहरी सबैसँग सामान्य समझदारी भएको छ ।’

पोखरा महानगरले भने खेल देखाउनमात्रै स्वीकृति दिएको तर, कुनै सहकार्य नगरेको दाबी गरेको छ । जबकि महानगरकै आधिकारिक फेसबुक पेजमा समेत सहकार्य अंकित प्रचारसामग्री सम्प्रेषण गरिएको छ । ‘खेल देखाउन महानगरले स्वीकृति दिएको सत्य हो । तर, सहकार्य वा प्रवद्र्धकको भूमिका निभाएको भने होइन’, महानगर प्रवक्ता मोती तिमिल्सिनाले भन्नुभयाे । आज राति कतारको लुसेल स्टेडियममा हुने विश्वकप फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन् ।

onlinekhabar


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन