fbpx

आईपीएल:-लखनउसँग चेन्नाइ ८ विकेटले पराजित

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्टले चेन्नाइ सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । चेन्नाइले दिएको १७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो । लखनउका कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतक बनाए । उनीहरूले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरे । केएल राहुलले ५३ बलमा ९ चौका र ३ छक्काले ८२ रन बनाए भने डि ककले ४३ बलमा ५ चौका र १ छक्काका साथ ५४ रनको योगदान गरे । निकोलस पुरन २३ र मार्कुस स्टोनिसले ८ रनमा अविजित हुँदै टिमलाई जिताए ।

चेन्नाइका मुस्ताफिजुर रहमान र मथिसा पथिरानाले एकरएक विकेट लिए । त्यसअघि ब्याटिङ गरेको चेन्नाइले ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । रवीन्द्र जडेजाले सर्वाधिक ५७, अजिन्के रहानेले ३७, मोइन अलीले ३०, महेन्द्रसिंह धोनीले २८ र र रितुराज गायकवाडले १७ रन बनाए । लखनउका कुर्नाल पाड्याले २, मोसिन खान, यश ठाकुर, रवि विश्नोइ र मार्कुस स्टोइन्सले एकरएक विकेट लिएका थिए । यो जितसँगै ८ अंक जोडेको लखनउ पाँचौं स्थानमा छ । समान अंक भए पनि चेन्नाइ राम्रो रनरेटका कारण तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, बैशाख २१, २०८१

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन