fbpx

पोखरा रंगशालास्थित भलिबल प्रतियोगिताको फाइनल महिलातर्फ वडा नम्बर २३ र १८ ले प्रतिस्पर्धा गर्ने

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगिताको फाइनलमा पुरुषतर्फ वडा नम्बर १६ र २३ खेल्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको सेमिफाइनल खेल जित्दै
यी दुई टिम फाइनल पुगेका हुन् । वडा नम्बर १६ ले वडा नम्बर २० को टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो ।

वडा नम्बर २३ ले वडा नम्बर १८ लाई ३–१ को सेटमा पराजित गर्यो । महिलातर्फ वडा नम्बर २३ र १८ ले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । मंगलबार भएको खेलमा वडा नम्बर १५ लाई २–० को सोझो सेटमा पराजित गर्दै वडा नम्बर २३ फाइनल पुगेको हो । महिलातर्फ तीन टिममात्रै सहभागी भएकाले वडा नम्बर १८ सिधै फाइनल पुगेको थियो ।

महिलातर्फको फाइनल बुधबार बिहान साढे ८ बजे र पुरुषतर्फको फाइनल दिउँसो १ बजे रंगशालामै हुने आयोजक खेलकुद विकास समितिका सदस्य सचिव सुभाष खड्काले जानकारी दिनुभयाे । प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् ।

महिला र पुरुषतर्फ ५–५ जना खेलाडीले विधागत पुरस्कारबापत जनही नगद ५–५ हजार रुपैयाँ प्राप्त गर्ने समिति अध्यक्ष दीपक गोदारले बताउनुभयाे । पोखरा महानगरपालिका भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक