fbpx

‘प्रहरी समायोजनलाई मूर्त रुप दिनका लागि छलफल तिब्र पारेका छाैँ’:- उपप्रधानमन्त्री रवि लामिछाने

author

समाचारपाटी

२ हप्ता अगाडि

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजनलाई मूर्त रुप दिनका लागि छलफल तिब्र पारिएको बताउनुभएको छ ।जनकपुरधाममा मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले प्रहरी समायोजनलाई पूर्णता प्रदान गर्नका लागि गम्भिर भएर छलफललाई तिब्र पारिएको बताउनुभएको हो । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजन छिट्टै गर्ने अभिव्यक्ति दिइरहनुभएको समयमा गृहमन्त्री लामिछानेले पनि प्रहरी समायोजनले पूर्णता पाउन केही समय लागेपनि त्रुटी बिना समायोजन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रहरी समायोजनकै विषयलाई लिएर प्रदेशका गृहमन्त्रीहरुसँग दुई चरणको छलफल समेत भइसकेको बताउनु भयो । यद्यपि यकिन गरेर कहिले प्रहरी समायोजन कहिले हुन्छ ? भन्ने विषयमा भन्न नसकिने उहाँको भनाई थियो । 

उहाँले भन्नुभयो, ‘प्रहरी समायोजनको ड्राफ्टमा काम भएको छ । मैले पदभार सम्हालेपछि त्यसलाई छलफलको विषय पनि हामीले बनाएका थियौँ । यसमा हामीले मन्त्रालयमा वृहत छलफल पनि गरेका छाैँ । गत हप्ता पनि छलफल गरेका थियौँ । त्यसमा केही काम गर्नुपर्ने ठाउँहरु अवश्य रहेका छन् । सरकारको काम कारबाही भनेको अविच्छिन्नता पनि हो । का आउँछ, को जान्छ त्यो ठूलो कुरा भएन । त्यसमा काम गर्ने ठाउँहरु थुप्रै छन् । निरन्तर रुपमा अघि बढाउने कुरामा हामी छलफल गरिरहेका छौँ । हामीले स्पष्ट भनिसक्यौँ, हामीले आरोप लाग्ने बित्तिकै, उजुरी पर्ने बित्तिकै सांसद, मन्त्री सबैले राजीनामा दिनेगरी सर्वदलीय सहमति गरौँ भनेर एक स्टेप माथि गएर भनिसकेका छाैँ । कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्न स्वतन्त्र, उच्चस्तरीय समिति वा आयोग गठन गरौँ भनेर स्पष्ट भनिसकेका छौँ ।’

गृहमन्त्री लामिछानेले आरोप लाग्ने र उजुरी पर्ने बित्तिकै सांसद एवं मन्त्री सबैले राजीनामा दिनेगरी सर्वदलीय सहमति गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेसले राजीनामा माग गरेको र संसद अवरोध गरिरहेकोबारे सञ्चारकर्मीको प्रश्नमा काँग्रेसको माग भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले एक कदम अघि बढेर उजुरी पर्ने बित्तिकै सांसद, मन्त्री सबैले राजीनामा दिनेगरी सर्वदलीय सहमति गर्न प्रश्ताव गरिसकेको बताउनु भयो । कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्न स्वतन्त्र, उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने आफूहरुको माग रहेको बताउनु भयो । गोष्ठीमा स्थानीय प्रशासनले कानून कार्यान्वयनमा पूर्ण सक्रियताका साथ कार्य गर्ने र संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार मातहतका निकायहरु बीचको समन्वयलाई थप प्रभावकारी बनाउने साझा प्रतिवद्धता भएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन