fbpx

आजको मौसम : देशका पहाडी क्षेत्रका वर्षाको सम्भावना

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना छ । अहिले पनि पहाडी एकरदुई ठाउँमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो पहाडी केही क्षेत्र तथा तराईका थोरै ठाउँमा मेघगर्जनरचट्याङरहावाहुरीसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार भोलि र पर्सि पनि मौसम यस्तै रहने छ । पर्सि सोमवार मधेस प्रदेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ।

यो हप्ताको सुरुवातमा भएको हिउँदे वर्षाले किसानलाई केही राहत मिलेको छ । वर्षाले मकै छर्ने तयारीमा रहेका किसानलाई राहत मिलेको हो। किसानले लगाएका मौसमी तथा बेमौसमी तरकारी, फलफूल र अन्य बालीलाई पनि राहत मिलेको छ।

यो हप्ता वर्षा मापन भएका केन्द्रहरुमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको मार्तडी केन्द्रमा ४९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । तराईका धेरैजसो ठाउँमा तापक्रम ३० डिग्रीभन्दा माथि पुगेको छ ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३४ दशमलव ६ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको छ । मुस्ताङको जोमसोम केन्द्रमा सबैभन्दा कम माइनस २ दशमलव एक डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको छ ।

यो हप्ता पश्चिमी वायुको सामान्य प्रभाव रहने अनुमान छ । अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव रहेको छ । हिमाली क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा यो हप्ता हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ ।

प्रि–मनसुन भएकाले मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन