fbpx

काठमाडौंसहित देशभर चिसो बढ्यो, तराईमा बाक्लो हुस्सुु

author

समाचारपाटी

४ महिना अगाडि

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र तराई मधेसमा बाक्लो हुस्सु कुहिरो लागेपछि चिसो बढेको हो ।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव १ डिग्री रहेको थियो । यसअघि गएको पुस २० गते शुक्रवार काठमाडौंमा यो वर्षकै सबैभन्दा कम तापक्रम ३ दशमलव ५ डिग्री मापन गरिएको थियो । काठमाडौं उपत्यका बाहिर पनि चिसो बढेको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा झन् बढी चिसो छ । दोलखा जिरीको न्यूनतम तापक्रम १ डिग्री, जुुम्लाको माइनस ५ दशमलव ६ र मुस्ताङ जोमसोमको तापक्रम माइनस ५ दशमलव शून्य डिग्रीसम्म पुुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज तराई मधेसमा हिजोअस्तिको तुलनामा बाक्लो हुस्सु कुहिरो लागेको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । बाक्लो हुस्सु कुहिरो लागेको भए पनि शीतलहर घोषणाका लागि मापदण्ड नपुगेको र मौसमी अवस्थालाई विश्लेषण गरी शीतलहरको घोषणा गरिने उहाँले बताउनु भयो ।

अधिकतम तापक्रम औसतमा पाँच डिग्री सेल्सियस वा त्योभन्दा कम भएमा, लगातार केही दिनसम्म उच्चतम र न्यूनतम तापक्रम बीचको दूरी पाँच डिग्री वा त्योभन्दा कम भएमा, भिजिबिलिटी वा पारदर्शीता कम भएमा, साँझबिहान शीत झरेमा लगायतका सूचकका आधारमा शीतलहर घोषणा गरिने उहाँले बताउनु भयो । लामो समयदेखि बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर भएको छ । 


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन