fbpx

झापामा एक व्यक्तिको शंकास्पद मृत्यु, हत्या भएको प्रहरीको अनुमान

author

समाचारपाटी

९ महिना अगाडि

झापा । झापामा एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ। शवको प्रकृति हेर्दा कसैले हत्या गरी फालिएको हुन सक्ने प्रहरीको अनुमान छ। मेचीनगर नगरपालिका–८ निवासी ४३ वर्षीय सुन्दर किसानको शव शंकास्पद अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयाे। 

उहाँको शव बिहीबार बिहान साढे ७ बजेको समयमा मेचीनगर ८ स्थित इँटाभट्टा उत्तर खोल्सा नजिककै झाडीमा फेला परेको हो। घटनास्थलमा प्रहरीले फलामे रड फेला पारेको डीएसपी रिजालले बताउनुभयाे। मृतक किसान हिजो बुधबार साँझ ६ बजे घरबाट निस्किएका थिए। रातभरि घर नफर्किएका श्रीमानको चप्पल घरदेखि डेढ किलोमिटर पर सडकमा उहाँका श्रीमतीले आज बिहान ७ बजे देख्नुभएकाे थियाे। 

चप्पल नजिकै रगत थोपाहरू देखा परेपछि उहाँले तत्काल प्रहरीलाई खबर गर्नुभएकाे थियाे। त्यसपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेकाे थियाे। किसानको खोजीका लागि प्रहरीले सुनसरीको धरानबाट ‘ट्रयाकर डग’ समेत मगाएको थियो। 

‘ट्रयाकर डग’ आउनुभन्दा अघि नै किसानको शव बिहान साढे १० बजे फेला परिसकेको बताउँदै डीएसपी रिजालले भन्नुभयाे, 'घटना शंकास्पद छ, घटनास्थलमा रड फेला परेको छ।' प्रहरीले ‘ट्रयाकर डग’मार्फत घटनाको अनुसन्धान गरेको छ। 

जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटीको संयुक्त टोलीले अनुसन्धान गरिरहेको उहाँको भनाइ छ।

annapurnapost


काठमाडौं

आइतवार, जेष्ठ ६, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन