संयुक्त राष्ट्रको अदालतद्वारा गाजामा इजरायलको कारवाही बिरुद्ध दक्षिण अफ्रिकाको निवेदनमा सुनुवाइ समाप्त

author

समाचारपाटी

१ year अगाडि

गाजामा इजरायलको सैन्य आक्रमण रोक्न दक्षिण अफ्रिकाको अनुरोधको सम्बन्धमा अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले आफ्नो दुई दिने सुनुवाइ पूरा गरेको छ । गाजामा इजरायलको सैन्य कारबाही रोक्न आदेशको लागि दक्षिण अफ्रिकाले एक हप्ताअघि आईसीजेमा निवेदन दिएपछि सुनुवाइहरू बोलाइएको थियो । बिहीवारको सत्रमा, नेदरल्याण्ड्सका लागि दक्षिण अफ्रिकाका राजदुत वुसिमुजी मडोन्सेलाले इजरायललाई रफाह लगायत गाजामा आफ्नो सैन्य कारबाही बन्द गर्न र सम्पूर्ण गाजा पट्टीबाट आफ्ना सेना फिर्ता गर्न आदेश दिन अदालतलाई आग्रह गर्नुभयो । राजदुतले इजरायललाई संयुक्त राष्ट्र र मानवीय सहायताका लागि गाजामा निर्वाध पहुँच सुनिश्चित गर्न सबै प्रभावकारी उपायहरू लिन आग्रह गर्नुभयो । इजरायली वकिल तामार कपलान टुर्गेम्यानले इजरायलको आफ्नो रक्षा गर्ने अन्तरनिहित अधिकारलाई जोड दिनुभयो । दक्षिण अफ्रिकाको अनुरोध अस्वीकार गर्न अदालतलाई आग्रह गर्नुभयो । आईसीजेका अध्यक्ष नवाफ सलामले सुनुवाइको अन्त्य गर्दै अदालतले सार्वजनिक बैठकमा जति सक्दो चाँडो आफ्नो आदेश दिने बताउनु भयो । संयुक्त राष्ट्र संघ (यूएन) ले बिहीवार इजरायल र इस्लामिक प्रतिरोध आन्दोलन (हमास) बीच चलिरहेको युद्धको बीचमा गाजा पट्टीमा मानवीय सहायता वितरण लगभग असम्भव भएको बताएको छ । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट हालसम्म प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३५ हजार नाघेको छ । 
सिन्ह्वा


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७८°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...