fbpx

साग पदकधारी मनिता श्रेष्ठको खुट्टाको शल्यक्रिया

author

समाचारपाटी

२ years अगाडि

साग पदकधारी जुडोकी मनिता श्रेष्ठको खुट्टाको शल्यक्रिया भएको छ । नवौं राष्ट्रिय खेलकुदकी स्वर्णधारी समेत रहेकी श्रेष्ठको बि एण्ड बी अस्पतालमा दाहिने खुट्टटको लिगामेन्टको शल्यक्रिया भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराउनुभयाे ।

गण्डकी प्रदेशको पोखरामा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदका दौरान खुट्टामा चोट बोकेकोमा आईसिङ्ग गरेर ठिक भएको मानेर जापानमा आयोजना भएको बिश्व च्याम्पियनसिपमा सहभागिता जनाई रहेको अवस्थामा पुन समस्या बल्झिएको थियो ।

श्रेष्ठले उक्त च्याम्पियनसिपमा एक बाउट खेल जितेको समेत अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयाे । डा। विवेक बासुकलाका अनुसार अव श्रेष्ठको ३५ दिन पछि प्लास्टर खोलिने र पूर्ण रुपमा खेलमा फर्कन ५ महिना लाग्ने छ । उहाँ हाल २०२४ को ओलम्पिक तयारीका क्रममा ओलम्पिक सोलिडारिटी अन्तरगत प्रशिक्षणमा रहनुभएकाे छ ।

दुलाल तेश्रो चरणमा प्रवेश
नेपाली खेलाडी राजेन्द्र दुलाल २० औं बिश्व भेट्रान्स च्याम्पियनसिप २०२३ को पुरुष ४५ बर्ष माथी समूहमा भारतमाथी ३–० को जित निकाल्दै तेश्रो चरणमा प्रवेश गर्नुभएकाे छ ।

दुलालले भारतिय खेलाडी पारिख हार्दिकलाई ११–२, ११–२, ११–१ को सोझो सेटमा पराजित गर्दै तेश्रो चरण प्रवेश गरेको मस्कटबाट टिम प्रशिक्षक अनिता महर्जनले जानकारी गराउनुभएको छ ।

श्रीलङकन टोली नेपालमा
पोखरामा आयोजना हुने तेश्रो टाईगर कप अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न श्रीलङकन टोली नेपाल आईपुगेको छ । पोखरामा यहि माघ ८ देखि १४ सम्म हुने प्रतियोगितामा नेपालका ४ टिम सहित श्रीलङकन टिमले पनि सहभागिता जनाउन लागेको छ । श्रीलङकन टोली आजै बेलुका पोखरा पुग्ने छ ।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि