अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुन्।
अनुराधाको जन्म १४ अप्रिल १९४९ मा ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा गुरुङ परिवारमा भएको हो। उनका बाबु कर्णेल प्रताप शिंह गुरुङ र आमा लक्ष्मी गुरुङ हुन् ।
उनी आफु पनि पतिको चरम हिँसामा परेकी थिइन् । उनले भनेकी छन्, उनका आफ्नो पतिले गरेको घरेलु हिँसा सहन नसकेर ७ वर्षको बच्चा च्यापेर उनले घर छोडेकी थिइन्।
उनले सुरुमा यौनहिंसाबाट पीडित ८ जना महिलालाई उद्धार गरेर सामाजिक काम थालेकी थिइन् । सुरुमा ती महिलाहरुलाई पसल खोलिदिएर, उनीहरुलाई आफ्नै डेरामा राखेर उद्धारको काम सुरु गरेकी कोइरालाले हजारौं बालबालिकाको उद्धार गरिसकेकी छिन् ।
उनले आफ्नो माइती नेपाल नामक गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गरेकी छिन्। खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामा उनको संस्था कृयाशील छ।
सन् १९९४ सम्ममा माइती नेपालमा बस्ने चेलीबेटी तथा बालबालिकाको संख्या ८० पुगेको थियो । तिनलाई खान दिन पनि निकै दु:ख थियो । बिस्तारै उनको कामबाट प्रभावित भएपछि सहयोगीहरू देखा पर्न थाले । कोइराला भन्छिन्–बेलायती युवराज चाल्र्स नेपाल आउँदा उनीद्वारा बनाइएका चित्र माइती नेपालका लागि वरदान साबित भए । चाल्र्सद्वारा खिचिएका तस्बिर बेचेर आएको पैसा संस्थालाई सहयोग आएपछि हामीले अझ फैलने अवसर पायौं ।
हाल मुलुकभर शाखा रहेको माइती नेपालले चेलीबेटी बेचबिखन रोकथाम, बेचबिखनमा परेकालाई सहयोग गर्ने, संरक्षण प्रदान गर्ने, रोजगारी दिने, परिवारमा पुनस्र्थापनामा सहयोग पुर्याउने आदि काम गरिरहेको छ । नेपालका सीमामा प्रहरीझैं तैनाथ माइती नेपालका स्वयंसेवकहरूले थुप्रै चेलीबेटीलाई बेचबिखनबाट जोगाएका छन् । नीलो पोसाकमा एक–एक सवारीलाई नियालेर हेर्ने बिनाबर्दीका ती सिपाहीहरूले कैयौं चेलीबेटीका दलाललाई समात्न प्रहरीलाई सहयोग गरिरहेका छन् ।
कोइरालाले क्यालिफोर्नियाको लसएन्जलसमा सिएनएन हिरो उपाधी जितेकी छिन् । उनलाई डेमी मुर र एस्टन कचरले मञ्चमा संयुक्तरूपमा चिनाएका थिए। कोइरालाई माइती नेपालको आफ्नो कार्यक्रम जारी राख्न अमेरिकी डलर १००,००० को साथमा अमेरिकी डलर २५,००० कदर स्वरुप सिएनएन द्वारा प्रदान गरियो। उनले २०१४ मा मदर टेरेसा सम्मान र पदमा श्री जस्तो उपाधि पनि पाएकी छिन् ।
उनी अझै पनि जीवनमा केही पनि गर्न नसकेको बताउछिन्। किनकी उनले ६५ वर्षकी महिलाले पनि यौन धन्दा गरेर जीवन बिताउनुपर्ने बाध्यात्मक अवस्था भएको देखेकी छन। उनले ति ६५ वर्षकी महिलालाइ कति वर्षदेखि यो पेसामा लाग्नुभएको भन्दा २० बर्षको उमेर देखीबताएकी थिइन्। उनी रत्नपार्कमा बस्ने गर्थिन् र उनीलाई जवान देखी बुढा सम्मले कहिले रत्नपार्कका ट्वाइलेट र गल्ली २ हजार का लागि शरिर बेचेको उनको भोगको कुरा उनलाई पिडा दिएको अनुराधा बताउँछिन्। उनीलाई त्यो घटनाले आत्महत्या गर्ने सोच सम्म आएको थियो। उनलाई आफुले केही पनि नगरेको अनुभव भएको थियो। त्यो समयमा पङ्खा देख्न साथ आत्महत्या गर्ने सोच आउने गरेको बताउछीन्।
उनको सपना माइती नेपाल बन्द गर्ने छ । किनकी उनीयो मुलुकका बालबालिका तथा महिलाहरुलाई कुनै पनि दुव्र्यवहार नहोस्, उनीहरुको कुनै प्रकारको बेचबिखन नहोस्, कसैको पनि यौन हिंसा नहोस् भन्ने चाहन्छीन् । उनी भन्छिन् देशमा यस्तो क्रियाकलाप भएन भने माइती नेपाल किन चाहियो ? त्यसैले मैले माइती नेपाल बन्द गर्ने सपना छ भनेकी हुँ ।
यसरी, माइती नेपाल संस्था स्थापना गरेर मानव वेचविखन विरुद्ध र महिला तथा बालबालिकाको संरक्षणमा ठूलो योगदान पुर्याएकी छिन्।