धर्मराज बराल । नेपाली कांग्रेसको प्रत्यक्ष प्रसारित केन्द्रिय समितिको बैठकमा नेताहरु फौजदारी अभियोग लागेकालाई किन बचाउन सकिएन भन्ने र कारवाही गर्नु पर्छ भन्ने खेमामा विभक्त भएको पाईयो र अधिकांश वरिष्ट नेताहरुको आरोपीहरुलाई पुर्पक्षका लागि लैजानबाट पार्टीले रोक्न नसकेकोमा निकै असन्तुष्ट रहेको अभिव्यक्ति सुन्न पाईयो । फौजदारी अपराधका आरोपीहरुलाई पार्टीले बचाउन हुदैन भन्ने आवाज पनि सुनियो तर त्यो दमित थियो ।
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष्य ओलीज्यू कम्बोडिया बाट काठमाडौँ ओर्लिना साथ टार र कोटको प्रसङ्ग झिक्दै गृहमन्त्रीको अभिव्यक्ति प्रति आक्रोश पोख्नु भयो। केहि दिन पहिला गृह मंत्रिज्यूले अपराधीहरु कोट र टार जहाँका भए पनि छोडिने छैन भन्ने अभिव्यक्ति दिनु भएको रहेछ। कोट भन्नाले बालकोट र टार भन्नाले बालुवाटार भन्ने रहेछ।
कोट शब्दले बालकोट संकेत गरेको हो तथापी गृह मन्त्रि ज्यूले बालुवाटारलाई पनि जोडेर न्याय गर्नु भएको बुझ्न कन्जुस्याई गरि रहनु पर्दैन भने टार र कोट अहिले सम्म अपराधीको सुरक्षा कवचको रुपमा प्रमाणित हुदै आएको कुरा घाम जत्तिकै छर्लंग रहेको छ। यहाँ गृह मन्त्रिज्यू को पक्षमा वकालत गर्न खोजिएको हैन उहाँको वर्तमान कामको समर्थन मात्र हो र यो जो कोहि नेपाली नागरिकको कर्तव्य भित्र पर्दछ। उहाँको त्यो अभिव्यक्तिमा राज्य प्रतिको माया होस् भन्ने कामना गर्न सकिन्छ र गृहमन्त्रीज्युलाई असल कामको लागि शुभकामना दिनु पर्दछ। यस्ता अभिव्यक्तिहरु अनुसन्धानलाई कमजोर बनाउन वा राज्यको ध्यान अन्यत्र मोड्ने आवरण कथाको रुपमा आएका हुन् भने गम्भीर त्रुटी हुने कुरामा शंका रहदैन। ठुला पार्टीका यस्ता रवैया राज्यको हित संग रत्तिभर मेल खादैनन् । यस्ता व्यवहारहरुलाई राज्य प्रतिको गैर्ह जिम्मेवारीपन र कर्तव्य हिनताका संकेतका रुपमा लिनु पर्ने हुन्छ। कहिले काँही आफ्ना पार्टीको बचाउका लागि नेतृत्वले समयानुकूल अभिव्यक्ति दिनु पर्ने हुन्छ तर त्यो सारमा देश र जनताको पक्षमा हुन्छ। त्यस्तो अनुभूत गर्न पाइएको छैन।
तिम्रो अनुहारमा कालो लागेको छ भन्दिने शुभचिन्तकलाई धन्यवाद दिन सक्ने संकृतिको बिकास गर्न सक्नु सुशासन उन्मूखिकरण हो, त्यसले प्रणाली , संयन्त्र र संस्थाहरुको सवलिकरण तर्फ़ सकारात्मक योगदान दिन्छ , जसले प्रणाली र हाम्रो संविधान को प्रस्थावनाले परिकल्पना गरेको कल्याणकारी राज्य स्थापनाको महान अभियानमा कोशे ढुंगाको काम गर्दछ। त्यो शिर्ष नेतृत्वको राज्य , जनता र आफना उत्तराधिकारी हरुको भविष्य संग जोडिएर पनि आउछ। "लिडरशिप इरर " लाई आँखा चिम्लिदा वा गणेश भक्तिमा आत्मरति लिंदा त्यो राज्य प्रतिको गद्दारी त हुदै हो , त्यसको शिकार पार्टी र युवा नेताहरुको भविष्य पनि हुन्छ भन्ने कुरालाई अब युवाहरुले बुझ पचाई रहदा राष्ट्र , जनता र आफु प्रति गद्दारी हुने कुरामा द्विबिदा गरि रहने समय छैन। ए! मेरो अनुहार मा कालो तेरो पनि कालो बनाई दिन्छु भन्नुले उज्यालो तर्फ लग्दैन।
कानूनी राज्य सुशासनको जग हो। सुशासन कल्याणकारी राज्य स्थापनाको मेरुदण्ड हो । मेरुदण्ड कम्जोर पार्न उहांहरु कटीवद्द हुनु हुन्छ भन्ने कुरा बेला बेलामा उहाहरुले देखाउने रवैया र व्यबहारले प्रस्ट पार्दै आएको हो । संबैधानिक अंग र अन्य साशनसंग जोडिएर आउने र त्यसकै लागि स्थापना भएका संस्था हरुमा हुने अधिकांश नियुक्ति प्रक्रिया र व्यक्तिहरुका अनुहार र पृष्ठभूमी हेर्दा पनि त्यतै तर्फ संकेत गर्दछ। । हाम्रो कामना अब त सुधार हुन्छ कि भन्ने हो ।
कानुनी राज्य स्थापनामा किन निरुत्साह छ , नेतृत्व ले किन इक्षा शक्ति देखाउदैन ? यो गम्भीर बिषयको रुपमा आएको छ। कानूनी राज्य स्थापना नागरिकले सुशासन अनुभूत गर्न पाउने कुराको संकेत हो। त्यसमा राजनीतिक प्रणाली, नेतृत्व र सम्बद संस्थाको अहम भूमिका रहन्छ जसको अभिप्राय कल्याणकारी राज्य स्थापना संगै प्रणालीकोको स्थायित्व र सवलिकरण हुन्छ ।
त्रिमूर्तिय सांठगांठ बाट भुटानी शरणार्थी प्रकरण को अनुसंधान प्रक्रिया लाई लंगडो बनाउने काम भएको , ललीता निवाश प्रकरणले त्यहि नियति भोगी रहेको र यो सुन काण्ड पनि अपराधी बचाउने आपसी सट्टे बाजीको खेलमा परिणत हुन लागेको छनक आइसकेको छ। कुनै गंभीर प्रकरण सामुन्ने आउदा शिर्ष नेतृत्वमा आउने निराशा , आक्रोश र मौनता ले यहि संकेत गर्दछ ।
सुशासनमा प्रणालीगत, संयत्रिक र संस्थागत नेतृत्व कुशल, प्रभावकारी, पारदर्शी र देश र जनता प्रति जवाफदेही हुन्छ भन्ने मान्यता रहन्छ । त्यो देश र जनताको हित र त्यसको प्रवर्द्धनमा आफुलाई समर्पित गर्दछ र त्यसै कसीमा आफू अब्बल भएको प्रमाणित गर्न निरन्तर लागि पर्दछ भन्ने हुन्छ। तर हामी कहाँ त्यस्तो अभ्यास अहिले सम्म भए गरेको अनुभूत गर्न पाईएको छैन।
कानुननी शासनमा सबै व्यक्तिहरू कानूनको अधीनमा रहन्छन, कानून र राज्य प्रति नेतृत्व वर्ग वफादार र जवाफदेही हुन्छ। राजनीतिक प्रणाली र संविधानवादलाई सफल, सवल र मूर्त रूप दिन सवैले आ -आफ्नो स्थानबाट कर्तव्य निर्वाह गर्दछन। जहाँ कोही पनि कानून भन्दा माथि हुदैन, कानूनको सामुन्ने सबैको समान हैसियत हुन्छ, पद, प्रतिष्ठा र अन्य आधारमा विभेद गरिदैन । कानून को सर्वोच्चता हुन्छ, सरकारी निर्णयहरु कानूनमा आधारित हुन्छन । यसले कानुनी प्रक्रिया निष्पक्ष र पारदर्शी छन् भनी सुनिश्चित गर्दछ।
न्यायमा सवैको समान पहुँच हुन्छ, नागरिकहरुलाई आफ्नो अधिकार र दायित्वको स्पष्ट जानकारी हुन्छ, मानव अधिकारको सम्मान, नागरिकको मर्यादा र सुरक्षाको निश्चितता हुन्छ । कानूनको शासन न्याय र लोकतान्त्रिक समाजको आधार हो, जसले व्यवस्था र स्थिरता कायम राख्दै जवाफदेहिता, निष्पक्षता र व्यक्तिगत स्वतन्त्रताको संरक्षणलाई सर्वोपरी राख्दछ। यो समग्रमा लोकतान्त्रिक समाजको संरक्षणको लागि महत्त्वपूर्ण तत्व हो भनिन्छ । यस्तो अवस्था स्थापित गर्न हामी कहाँ शिर्ष नेतृत्वले निरुत्साह देखाउने गरेको पाइन्छ। भ्रस्टाचारको पक्षपोषण भै रहदा गन्तव्य कानूनी राज्य र सुशासन हैन भनेर बुझ्नु पर्ने हुन्छ। किनकि तिनको सवै भन्दा ठुलो बाधक भ्रस्टाचार हो।
सुन प्रकरण एउटा ठुलो सफलता को रुपमा लिनु पर्छ तर यसले पनि गम्भीर शंका उत्पन्न गरेको छ। राज्यको दह्रो उपस्थिति रहेको स्थानमा नभै बाहिर पक्राउ परेको भनिएको छ। राज्य संयन्त्रको संलग्नता बिना त्यस्तो सम्भावनाको परिकल्पना गर्न सकिदैन। सुन तस्करीको पक्ष क्रमसः बाहिर आउला भन्ने कुरा बिगतका घटनाहरुको अध्यन गर्दा त्यति सकारात्मक हुन सकिने अवस्था छैन भने सुन काण्डका कारण देश को राष्ट्रिय सुरक्षा प्रति बाहिर बाट उठाउन खोजिने समस्याको प्रत्यक्ष र अप्रत्यक्ष आक्रमण हामीले उठाउनु पर्ने टड्कारो र संबेदनशील अवस्था सिर्जना भएको छ।
यहाँ उठाउन खोजिएको कुरा के हो भने यति गम्भीर बिषयमा हाम्रो एकता हुदैन, हामी एक आपसमा हिलो छ्याप्न व्यस्त रहन्छौ भने हामी को हौ ? भन्ने हो । सुशासनको धज्जी उडाउने र राष्ट्रिय सुरक्षा अवस्थालाई संवेदनशील बनाई रहदा यसको रोकथाम कसले गर्ने ? भन्ने हो ।
"क्रोनि क्यापिटालिज्म "मा राज्यका सम्पूर्ण संयन्त्रहरु दलालहरुको इशारामा चल्ने, उनैको निबेक खाने र उनैको लागि काम गर्ने, दलालहरुलाई केन्द्रविन्दूमा राखी प्रणाली , प्रणालीगत नेतृत्व र नीति निर्माताहरु यसैको वरिपरि रहने र आत्मसपर्पण गर्ने गरिन्छ, उनीहरु आफ्नी विवेक दलालमा अर्पण गर्दछन भनिन्छ। समसामयिक घटना हरुको विश्लेषण गर्दा हामीहरु कहाँ दलालको स्थान अपराधीहरुले लिएको महसूस गरिन्छ।
भुटानी शरणार्थी प्रकरण आयो, ललीता निवास प्रकरण आयो , यो सुन काण्ड आयो अब राज्यमा सुशासन आउने छनक आयो भनेर भ्रममा पर्न हुदैन । किन भने उहाँहरु केहि समय आपसमा हिलो छ्याप्न व्यस्त हुनु हुने छ, आ -आफ्ना अपराध छुपाउन , स्वार्थ व्यबस्थापन गर्न सौदा वाजी गर्नु हुने छ। काण्डलाई सेलाउन र अनुसंधान प्रक्रियालाई कमजोर बनाउन प्रत्यक्ष अप्रत्यक्ष भूमिका निभाउनु हुनेछ । उहाँहरुले बनाएको इतिहास यहि हो ।
यथार्थ चित्रण गर्नु भयो सर धन्यवाद छ ।