मोरङका विभिन्न स्थानबाट तस्करीका सामान बरामद

author

समाचारपाटी

२ years अगाडि

विराटनगर । मोरङका विभिन्न स्थानबाट शुक्रबार राति प्रहरीले तस्करीका सामान बरामद गरेको छ। तस्करीमा संलग्न ३ जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१८ खोक्साहाबाट प्रहरीले सुन राख्ने बट्टा तस्करीमा संलग्नलाई पक्राउ गरेको हो। बट्टा तस्करीमा संलग्न विराटनगर–१७ का ३० वर्षीय मस्जित आलम, २० वर्षीय मोहमद अरवाज र विराटनगर–१८ का २१ वर्षीय रहमद मियाँ पक्राउ परेका छन्।

भारतबाट बोरामा प्याक गरेर ल्याउँदै गरेको सुन राख्ने खाली बट्टासहित उनीहरुलाई अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले पक्राउ गरेको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार विभिन्न आकारका ९ सय ७२ वटा सुन राख्ने खाली बट्टा बरामद भएको छ। बरामद गरिएको बट्टा १ लाख ६२ हजार मूल्य बराबरको रहेको उहाँले बताउनुभयाे।

त्यस्तै प्रहरीले मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया, धनपालथान–३ मायागञ्ज, विराटनगर–१६ दरैया र विराटनगर–१५ हुलास मेटल चोकबाट पनि तस्करीका सामान बरामद गरेको छ।

भन्सार छली गरेर भारतबाट नेपालतिर ल्याउँदै गरेको अवस्थामा चिनी, मोटर पार्टस्, बिजुलीका सामान, लत्ताकपडा, खैनीलगायतका सामान बरामद गरिएको डीएसपी कार्कीले बताउनुभयाे।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको अलगअलग टोलीले अवैध सामान बरामद गरेको हो।

बरामद गरिएको सामान ४ लाख ८५ हजार ३ सय रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। सामान र पक्राउ परेकाहरुलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।

annapurnapost


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन