ललितपुरमा दादुराको लक्षण देखिएपछि विद्यार्थीको स्वास्थ्य परीक्षण हुँदै

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं १ कुपण्डोलमा दादुराको लक्षण भएका बिरामी भेटिएका छन् । कुपण्डोलका विभिन्न विद्यालयमा दादुरा रोगको शङ्कास्पद बिरामी भेटिएका वडा कार्यालयले जनाएको छ ।

वडाका अनुसार अहिलेसम्म लक्षण देखिएका १० जना विद्यार्थीहरुको रिपोर्ट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र पाटन अस्पतालमा पठाइएको छ । दादुरा रुबेलाको महामारीलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि बिरामी देखिएका विद्यालय बन्द गर्ने तयारी समेत गरिएको छ।

आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मघुकरमणि आचार्यले दादुराको सङ्क्रमण पुष्टि भए छुट्टै आइसोलेशनमा बस्न र तत्काल वडामा जानकारी दिन समेत अनुरोध गर्नुभएको छ । ललितपुर महानगरपलिकाका प्रवक्ता राजु महर्जनले टेकुमा गरिएको नमुना परीक्षणमा रिपोर्ट नेगेटिभ अर्थात् दादुराको सङ्क्रमण नभएको जानकारी आएको बताउनु भयो । तर, पाटनमा गरिएको परीक्षणको रिपोर्ट भने आउन बाँकी छ।

दादुरा छिट्टै सर्ने र फैलने रोग भएकाले सतर्क अवस्थामा रहेको उहाँले बताउनुभयो । यसपालि गएको पुस महिनामा बाँकेमा पहिलो पटक दादुराको सङ्क्रमण भएका बिरामी भेटिएका थिए । त्यसपछि आसपासका जिल्लामा पनि दादुरा सङ्क्रमित बालबालिका भेटिएका थिए।

कोरोना महामारीका बेला कतिपय बालबालिका दादुरा विरुद्धको खोप लगाउन छुटेकाले पनि सङ्क्रमण देखिएको हुन सक्ने आशङ्का गरिएको छ । दादुरा रोकथामका लागि दादुरा विरुद्धको खोप नै उत्तम विकल्प भएकाले आफ्ना बालबालिकालाई खोपबाट नछुटाउन डाक्टरको आग्रह छ।

बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउने गरिन्छ । तर खोप अभियानका बेला यसअघि लगाएका र छुटेका १५ वर्षसम्मका सबै बालबालिकालाई खोप दिने गरिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


विचार/विविधा

थप देखाउनुहोस्
विचार

हाम्रा नेताहरू

नेतालाई टाउको दुखेविदेशमा उपचार ।सिटामोल नपाएरगाँउघरमा हाहाकार । पहिलेका नेताहरू सड‌कमाढुङ्‌गा हानाहान ।अहिलेका नेताहरू संसद्‌माकुर्सी तानाताना । सात सयनी पाँउदैनन्भारी...

विचार

नीति तथा कार्यक्रम र राष्ट्रसेवा

धर्मराज बराल । नेपाल सरकारको नीति तथा कार्यक्रम – २०८० को बुंदा नम्बर १७२ मा “युवाहरुमा राष्ट्र सेवाभाव जागृत गर्न...

विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीद्वारा राजीनामा

मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, ‘चुरे जोगाउ, मधेश...

मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न सक्दैन : केपी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कसरी रिलिज हुनु भन्दा पहिला नै ‘आदिपुरुष’ ले कमायो...

चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो : भुवन केसी

“भारतसँग रोजीरोटीको सम्बन्ध हुँदैमा देश दाइजोमा दिन मिल्दैन”

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

मङ्लबार, जेष्ठ २३, २०८०

२३.२७°

-
Thunderstorm