fbpx

सेयर बजार फेरि ओरालोतिर, कारोबार रकम पनि घट्यो

author

समाचारपाटी

५ महिना अगाडि

काठमाडौं । सातामा तीन दिन लगातार उकालो लागेको सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ विन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि मंगलबारसम्म नेप्से परिसूचक निरन्तर वृद्धि भएको थियो।

सेन्सेटिभ इण्डेक्स ०.८० प्रतिशतले घट्यो। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। यसदिन ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ५४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। सामलिङ पावरको सेयर सर्वाधिक ९.८७ प्रतिशतले बढ्यो। यसदिन मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ५.८७ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६३ करोड बढि मूल्यको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चरको २६ करोड,नगदी ग्रुपको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

आज १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रोबाहेक अन्य उपसमूहको सूचक घटेको हो। कारोबारमा आएका कम्पनीमध्ये २१५ वटाको मूल्य घट्दा २९ कम्पनीको मात्रै मूल्य बढ्यो।

annapurnapost


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन