२०२३ मा उज्वेकिस्तानमा विदेशी लगानी दोब्बर

author

समाचारपाटी

१ year अगाडि

उज्वेकिस्तानको अर्थतन्त्र हालैका वर्षहरूमा बढेको छ । गत वर्षको तुलनामा विदेशी लगानी झन्डै दोब्बर भएको राष्ट्रपति शावकट मिर्जियोयेभले बताउनु भयो । उज्वेकिस्तानको राजधानीमा आयोजित तेस्रो तास्कन्द अन्तर्राष्ट्रिय लगानी मञ्चमा आफ्नो उद्घाटन भाषणमा मिर्जियोयेभले आफ्नो देशले आर्थिक उदारीकरण, लगानीको अनुकुल वातावरण र उद्यमीहरूका लागि प्रणालीगत सुधारका कारण सफलता पाएको बताउनु भयो । गत वर्ष मात्रै वृद्धिदर ६ प्रतिशत पुगेको मुद्रास्फीति ९ प्रतिशतभन्दा तल रहेको छ । व्यापार कारोबार निरन्तर बढिरहेको छ । राष्ट्रिय मुद्रा र विदेशी विनिमय सञ्चितिको स्थायित्व कायम भइरहेको उहाँले बताउनु भयो । विगतका वर्षहरूमा मुलुकले ६० अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गरेको र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट सामाजिक तथा पूर्वाधार निर्माणका लागि १४ अर्ब डलरभन्दा बढी रकम विनियोजन गरिएको पनि उहाँले बताउनु भयो । मिर्जियोयेभले उज्वेकिस्तानले तीन वर्षको अवधिको लागि विदेशी लगानीकर्ताहरूलाई शेयरबाट प्राप्त हुने लाभांशमा करबाट छुटसहित अन्य प्राथमिकता क्षेत्रहरूमा उद्यमशीलता र व्यवसायलाई समर्थन गर्न विशेष उपायहरूको श्रृंखला विकास गरेको बताउनु भयो । पहिलो तास्कन्द अन्तर्राष्ट्रिय लगानी मञ्च २०२२ मा भएको थियो । यस वर्षको कार्यक्रममा विश्वभरबाट २ हजार ५ भन्दा बढी व्यक्तिहरूले भाग लिने बताइएको छ । 
सिन्ह्वा


काठमाडौं

शनिबार, साउन ४, २०८२

२९.७१°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...