काठमाडौं । सेयर बजार आज सोमवार पनि सामान्य अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ४.६२ अङ्कले बढेर दुई हजार १००.७१ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ ।
हिजो एक अर्ब ९३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज दुई सय ५९ वटा कम्पनीका ३९ लाख २२ हजार कित्ता शेयर एक अर्ब ४७ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै एनआईसी एसिया बैंकको छ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो ।