सवारीको नाममा नागरिकलाई सास्ती दिनेकुराको अन्त्य हुनुपर्छः हरिवंश आचार्य

author

समाचारपाटी

२ years अगाडि

वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नागरिकलाई सास्ती दिनेकुराको अन्त्य हुनुपर्ने बताउनुभएको छ । 

आईतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि विशिष्ट व्यक्तिहरुको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्ने परम्परा रहेको भन्दै त्यसको बिरोध गर्नुभयो । उहाँले सवारीलाई ठूलो दर्जा दिइएको भन्दै सवारी गर्न रहर हुनेले दमकलमा बसेर जान सल्लाह दिनुभयो ।  उहाँले भन्नुभयो, ‘कहिले काहीँ यस्तो लाग्छ की, अरुले त भन्न मिल्दैन होला, मैले भन्न मिल्छ । हाम्रो देशमा ठूला ठूला मान्छेहरुले सवारी रे । सवारी पहिला पहिला राजा महाराजाको पालामा सरकारको सवारी हुन्छ भन्ने चलन थियो । तर अहिले पनि त्यो सवारीलाई सवारी नै भनिन्छ । त्यसलाई त्यति ठूलो दर्जा दिइएको छ की कुनै ठूलो मान्छे विदेश गएर आउनुभयो वा कुनै समारोहमा जानुपर्छ भने काठमाडौं उपत्यकाको ट्राफिक सिस्टम अस्तव्यस्त हुन्छ, बिहानदेखि मानिसलाई रोकेर राखेर सवारी गर्नुपर्छ । भित्रभित्रै रिस उठ्छ । सवारी रे । बिहानदेखि बेलुकासम्म अस्तव्यस्त हुनेकुरा । यसलाई पनि करेक्शन गर्नुपर्छ । त्यस्तो मानिसले दमकलमा बसेर गए हुन्छ । सवारी भनेर अस्तव्यस्त बनाउने सिस्टमलाई समाधान गर्न सकिन्छ ।’ उहाँले सार्वजनिक यातायातको विकास नभइकन कुनैपनि देशमा जनताले सुख नपाउने बताउनु भयो । उहाँले । राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्ने भएपनि नेपालले सर्वजनिक बसमा लगानी गर्न नसकेको बताउनु भयो । उहाँले देशमा बस स्टप नै नभएको भन्दै त्यतातर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले ट्राफिक नियमको यति धेरै उल्लंघन गर्छौं र सबैभन्दा नेपालका धेरै रिसाउनुपर्ने पेशा भनेकै ट्राफिक प्रहरी होला । छिनछिनमा सिठी बजाइरहेको छ, उता पनि एउटाले नियम उल्लंघन गर्छ, उता पनि उल्लंघन छ । सबैसँग रिसाउनुपर्ने र टेन्सनमा आउनुपर्ने पेशाहरुप्रति हामीले गौरव गर्नुपर्छ । हामीले उहाँहरुको मनोबल उठाउनुपर्ने वातावरण सिर्जना गर्नुपर्नेछ । काठमाडौं उपत्यकाको सडक भनेको पहिला पाँच वटा हात्ती हिँड्न भनेर बनाएको रे जुद्ध शमशेरले । अहिले दिनको १४ लाख भेकल गुडाउनुपरेको छ । वास्तवमा भन्ने हो भने बाटो नै छैन । काठमाडौंमा आजको १० वर्षपछिको स्थिति के होला ? भयावह स्थिति हुनसक्छ । मान्छेले सबैभन्दा ठूलो प्रगति ग¥यो भने उन्नति गरे भने सुन्दर घर र गाडी किन्ने कल्पना हुन्छ । त्यो दिनहुँ दिन बढ्दै जान्छ । घट्ने सम्भावना छैन । सार्वजनिक यातायातको विकास नभइकन कुनैपनि देशमा जनताले सुख पाउँदैनन् । ट्राफिक जामको त्यत्ति नै ठूलो समस्या विभिन्न देशका शहरमा छन् तर त्यहाँ सबैभन्दा ठूलो आधार भनेको सार्वजनिक यातायात हो । राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्छ । तर हाम्रो देशमा सार्वजनिक यातायातमा सरकारको लगानी भनेको एउटा सर्वजनिक बसमा छ । त्यो पनि अर्ध सरकारी हो । त्यो बाहेक यातायातको साधनमा सरकारले एक पैसा पनि खर्च गर्न सकेको छैन । हाम्रो देशमा ट्राफिक स्टेप नै छैन, गाडी रोक्ने ठाउँ नै छैन ।’उहाँले बिरोध गर्ने ठाउँ टुँडिखेलमा ताल्चा मारेर राख्नु नहुने बताउनु भयो ।  


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन