fbpx

शिवरात्रीमा परोपकार सर्वेश्वर नारी समुहले खुला भजन प्रतियोगिता गर्ने

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा महानगरपालिका—४ गैँहपाटनमा रहेको परोपकार सर्वेश्वर नारी समूहले महाशिवरात्री पर्वको अवसरमा खुला भजन प्रतियोगिता गर्ने भएको छ । धर्म संस्कृतिको संरक्षणको लक्ष्य सहित आगामी फागुन ६ गते शिवरात्री पर्वका
दिन गैँहपाटनस्थित सर्वेश्वर महादेव मन्दिरको प्राङगणमा भजन प्रतियोगिता गर्न लागिएको नारी समूहका अध्यक्ष मीनु कोइरालाले जानकारी दिनुभयो ।

नारी समूहले विगतका वर्षहरुमा समेत कार्यक्रम गर्दै आएकामा पछिल्ला वर्षहरुमा कोरोनाका कारण रोकिएको थियो । भजन प्रतियोगिताको विजेता समुहले रु ३० हजार, द्धितीयले रु २० हजार, तृतीय हुने टोलीले रु १५ हजार र सान्त्वना हुनेले रु सात हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी नृत्य र भेषभुषामा उत्कृष्ट हुनेलाई रु तीन हजार ५०० सयका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

“सनातन धर्म, संस्कृति र सनातनदेखि चलिआएका सांस्कृतिक पर्वहरूहरुको संरक्षणका लागि भजन प्रतियोगिता आयोजना गरेका हौँ।” अध्यक्ष कोइरालाले भन्नुभयो । पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको र नेपाली मौलिक संस्कृति तथा पर्वहरु
हराउँदै जाने अवस्थालाई न्यूनीकरण गरी नयाँ पुस्तालाई संस्कृतिको संरक्षणमा अग्रसर गराउन समेत प्रतियोगिताले मद्धत पुग्ने विश्वास आयोजकको छ ।

प्रतियोगिता सम्पन्न गर्न रु तीन लाख चार हजार खर्च लाग्ने नारी समुहका कोषाध्यक्ष रचना कोइरालाले बताउनुभयो । स्थानीय सरकार, विभिन्न संघ सस्था तथा व्यक्तिबाट सहयोग संकलन गरेर खर्चको व्यवस्था गरिने बताइन्छ । विसं २०५२ मा स्थापना भएको सर्वेश्वर नारी समुहले शिवरात्री सहित तीज पर्वमा खुला प्रतियोगिता सहित महिला सशक्तिकरणका लागि विभिन्न सीपमुलक तालिम सहित सामाजिक कार्यहरु गर्दै आएको सचिव सचिव इनु कोइरालले जानकारी दिनुभयो ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन