सर्लाहीमा यो वर्ष शितलहरबाट ६ जनाको मृत्यु

author

समाचारपाटी

२ years अगाडि

मलंगवास । सर्लाहीमा शितलहरबाट यो वर्ष ६ जनाको मृत्यु भएको छ। चिसो बढेसँगैको शितलहरले वृद्धवृद्धाको ज्यान गएको हो। अहिले चिसो अत्याधिक बढेसँगै जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ। कठ्यांग्रिदो चिसोले सर्वसाधारण घरबाट बाहिर निस्कन सकेको छैनन्। चिसोले सबैभन्दा धेरै बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन्। ज्याला मजदुरी गरेर जिबिकोपार्जन गर्ने विपन्न परिवार काम गर्न नसकेर समस्यामा छन्।

चिसो बढेपछि मलंगवा, चक्रघट्टालगायतका स्थानीय तहले सामुदायिक विद्यालयमा बिदा दिएको छ। बजार पसलमा चहलपहल पनि घटेको छ। व्यापार व्यवसाय मन्द बनेको व्यापारीले बताएका छन्।

चिसोले काम गर्न नसकेको मलंगवा नगरपालिका वडा नं. ४ का ४५ वर्षीय तिलाई पासवानले बताउनुभयाे। दैनिक ज्याला मजदुरी गरेर घर परिवारको पालनपोषण गर्दै आउनुभएका पासवान अहिले घरबाट बाहिर निस्कन सक्नुभएकाे छैन। भवन निर्माणको काम गर्दै आउनुभएका उहाँ चिसोले काम गर्नै नसक्ने अवस्था आएको बताउँनुहुन्छ । आगो तापेर बसेमात्र दिन कटाउन सकिने उहाँले बताउनुभयाे।

चक्रघट्टा गाउँपालिका वडा नं ७ पटेर्वाका राजकुमार माझीले चिसोका कारण मुसहर समुदाय निकै प्रभावित बनेका छन्। गाउँमा ४ दर्जन भन्दा बढी मुसहर परिवार छ । सबैले दैनिक ज्याला मजदुरी गरेर नै जीवन निर्वाह गर्ने गरेको छ। गाउँका अधिकांश मानिस इटाँ भट्टामा काम गर्छन्। पानी र हिलोको काम चिसोमा गर्नै नसकिने मजदूरले बताएका छन्।

चिसो प्रभावितलाई राहत दिनका लागि जिल्ला विपद व्यवस्थापन समितिले केही स्थानमा राहत सामग्री स्वरुप न्यानो कपडा वितरण गरेको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयाे। संघीय सरकार र प्रदेश सरकारबाट आएको रकमलाई मिलाएर राहत बाँडिएको उहाँले बताउनुभयाे।

annapurnapost


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन