साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका ५०० विद्यार्थीलाई निःशुल्क पोशाक वितरण

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौँ । साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको विद्यालयमा आयोजित कार्यक्रममा ५०० विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष निम्तो नवाङ्ग शेर्पा र संस्थापक निमा शेर्पाको प्रायोजनमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिसिङले शिक्षाको उज्यालो सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै शिक्षाको उज्यालो छर्ने अभियानमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीलाई धन्यवाद समेत दिनुभएकाे थियाे।

कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक निमा शेर्पाले उज्यालो नेपाल बनाउने कार्यकारी निर्देशकलाई धन्यवाद दिदै आफुले धेरै पैसा भएर वा अभिभावकहरुले नसकेर पोशाक वितरण नगरिएको बताउँदै साम्तेन मेमोरियल एजुकेशनल एकेडेमी विशुद्द शैक्षिक विकासका लागि समर्पित रहेको धारणा राख्नुभएकाे थियाे।

विद्यालयका संस्थापक अध्यक्ष निम्तो नवाङ्ग शेर्पाको अध्यक्षता रहेको सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई, पत्रकार मुकुन्द ढुंगाना, अजिज फाउन्डेसनकी अध्यक्ष सर्कि शेर्पा, कपन प्रहरी प्रभाग प्रमुख कृष्णा बस्याल, वडा नं ११ का सदस्य राजेन्द्र अधिकारी ,समर गुरुङ,गंगा परियार ,समाजसेवी शिव श्रेष्ठ,पत्रकार पुन्यराज पुडासैनी र अभिभावकहरुसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा नं ११ का अध्यक्ष राजु अधिकारीले यस विद्यालयले राम्रो काम गदै आएकोमा वडाले सक्ने सहयोग विद्यालयलाइ गदै आइरहेको बताउँदै ढुक्कसंग अभिभावकहरुलाइ यस विद्यालयमा बालबालिकालाइ पढाउन आग्रह गर्नुभयो।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष निम्तो नवाङ्ग शेर्पाले उज्यालो नेपाल बनाउने कार्यकारी निर्देशकलाई देशले मात्र नभएर विश्वले नै चिनेको दाबी गदै आजको प्रमुख अतिथिमा उहालाइ पाउदा खसि लागेको बताउनुभयो । ५०० विद्यार्थीहरुलाई पोशाक वितरण गर्न पाउँदा अत्यन्तै खुसि लागेको बताउँदै यस विद्यालयले प्ल्स २ को समेत स्विकृत पाइसकेको जानकारी गराउनुभएकाे थियाे ।

२०६२ सालमा स्थापना भएको सो विद्यालयका प्रधानाध्यापक गोविन्द सिंह धामीले स्वागत मन्तव्य राख्नुभएको थियाे । उक्र कार्यक्रममा विभिन्न कलाकार र विद्यार्थीहरुले प्रस्तुति दिएका थिए।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

२८.७२°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान