साफ यू–२० महिला च्याम्पियनसिप फाइनल आज

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ ।

बिहीबार ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल हुनेछ । यो खेलमा नेपाल नयाँ रणनीतिका साथ मैदान उत्रिने छ ।

फाइनलमा घरेलु टोली विरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ । पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो । पहिलो खेल हारे पनि त्यसपछि प्रदर्शनमा सुधार गर्दै नेपालले भुटान र भारतलाई हराएर फाइनलमा स्थान बनाएको हो । साविक विजेता तथा बलियो टोली भारत विरुद्ध एक गोलले पछि परेपनि ३–१ को शानदार पुनरागमन जित निकालेको नेपाली टोली अहिले लयमा छ ।

खेल्ने शैली परिवर्तन हुनेछ :- मुख्य प्रशिक्षक गुरुङ

नेपालका मुख्य प्रशिक्षक याम बहादुर गुरुङले बुधबार भएको प्रिम्याच कन्फ्रेन्समा नयाँ रणनीतिमा मैदान उत्रने बताउनुभयाे । ‘निश्चय नै बंगलादेशलाई घरेलु मैदानको फाइदा छ । तर हामी राम्रो प्रतिस्पर्धा गर्नेमा विश्वस्त छौँ । हामी अर्कै तरिकाले खेल्नेछौं । शैली परिवर्तन हुनेछ ।’ गुरुङले भन्नुभयाे ‘हामीलाई बंगलादेशको कमजोर पक्ष थाहा छ र हामी त्यसैलाई केन्द्रित गरेर खेल्नेछौं ।’

उता घरेलु टोली बंगलादेशका प्रशिक्षक घोलम रब्बानीले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताउनुभयाे । ‘फाइनल प्रतिस्पर्धात्मक र उत्साहित हुनेछ,’ रब्बानीले भन्नुभयाे, ‘नेपाल राम्रो टिम हो । बलियो टोली भारतलाई हराएको छ । त्यसैले फाइनल प्रतिस्प्रधात्मक हुनेछ ।’

घोलमकै प्रशिक्षणमा बंगलादेशको सिनियर महिला टोलीले गत सेप्टेम्बरमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

onlinekhabar


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन