साफ यू- २० महिला च्याम्पियनसिपको उपविजेता टिम आज स्वदेश फर्किँदै

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । साफ यू- २० महिला च्याम्पियनसिपको उपविजेता नेपाली टिम आज स्वदेश फर्किँदै छ। बिहीबार भएको फाइनलमा बंगलादेशसँग ३- ० गोलको नतिजामा पराजित भएपछि नेपाल उपविजेतामा सीमित बन्नु परेको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिम बिहान ११:३५ बजे विमान बंगलादेशमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताएको छ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा शाहिदा अख्तर रिपा,शामसुनाहार जुनियर र उन्नती खातुनले एक-एक गोल गर्दै घरेलु टिमलाई च्याम्पियन बनाएका थिए।

शाहिदाले ४२औं मिनेटमा गरेको गोलसँगै बंगालदेशले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा शामसुनाहारले गरेको गोलसँगै पहिलो हाफमा २-० ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा एक गोल थप्यो।

निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा उन्नतीले गरेको गोलसँगै बंगलादेशले ३-० को सहज जित सुनिश्चित गर्यो । राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको लिग चरणबाट शीर्ष दुई टिम नेपाल र बंगलादेशले फाइनल यात्रा तय गरेका थिए।

लिग चरणमा पनि बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले फाइनलमा त्यसको बदला लिन सकेन। नेपाल र बंगलादेशसँगै च्याम्पियनसिपमा भुटान र भारत पनि सहभागी थिए।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२२.१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन